NIMB Header 2
Nepal Life

अमेरिका–भारतबीच ऐतिहासिक व्यापार सम्झौता, भन्सार महशुल घटाउने ट्रम्पको घोषणा

National Life
  • BFIS News
  • 2026 Feb 03 11:37
अमेरिका–भारतबीच ऐतिहासिक व्यापार सम्झौता, भन्सार महशुल घटाउने ट्रम्पको घोषणा
Sanima Reliance

वासिङ्टन।  अमेरिका र भारतबीच ऐतिहासिक व्यापार सम्झौता सम्पन्न भएको छ।

Shikhar
NIMB

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार भारतसँग नयाँ व्यापार सम्झौता भएको घोषणा गर्दै भारतमाथि लगाउँदै आएको २५ प्रतिशतको तथाकथित ‘पारस्परिक भन्सार महशुल’ घटाएर १८ प्रतिशतमा झार्ने निर्णय गरिएको जानकारी दिएका छन्।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको मित्रता र आपसी सम्मानका कारण यस्तो निर्णय लिइएको बताएका छन्। सम्झौताअनुसार भारतले पनि अमेरिकाविरुद्ध लागु रहेका सबै भन्सार तथा गैर–भन्सार अवरोधहरू हटाई शून्यमा पुर्‍याउने सहमति जनाएको छ।

सम्झौतासँगै प्रधानमन्त्री मोदीले ‘बाई अमेरिकन’ नीतिप्रति प्रतिबद्धता जनाउँदै ऊर्जा, प्रविधि, कृषि तथा कोइला लगायतका क्षेत्रमा ५०० अर्ब डलरभन्दा बढीका अमेरिकी उत्पादनहरू खरिद गर्ने घोषणा गरेका छन्।

राष्ट्रपति ट्रम्पका अनुसार भारतले रुसी तेल खरिद बन्द गर्ने र त्यसको सट्टा अमेरिका तथा सम्भावित रूपमा भेनेजुएलाबाट तेल आयात गर्ने सहमति पनि गरेको छ। यसअघि भारतले रुसी तेल खरिद जारी राखेको आरोप लगाउँदै अमेरिकाले भारतमाथि अतिरिक्त २५ प्रतिशत भन्सार शुल्क लगाएको थियो।

नयाँ सम्झौताले अमेरिका–भारत व्यापार सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने र दुवै देशका उद्योग तथा उपभोक्तालाई लाभ पुग्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार