NIMB Header 2
Nepal Life

इरानको अमेरिकालाई चेतावनीः सानो गल्तीले क्षेत्रीय युद्ध निम्त्याउने

National Life
  • BFIS News
  • 2026 Feb 03 11:50
इरानको अमेरिकालाई चेतावनीः सानो गल्तीले क्षेत्रीय युद्ध निम्त्याउने
Sanima Reliance

तेहरान ।  इरानका शीर्ष सैनिक नेतृत्वले अमेरिकालाई कडा चेतावनी दिएका छन्।

Shikhar
NIMB

अमेरिकाबाट हुने सानो गल्तीको प्रतिक्रियाले नै पश्चिम एशियामा ठूलो स्तरको क्षेत्रीय युद्ध निम्त्याउन सक्ने इरानले चेतावनी दिएको हो।

इरानको आधिकारिक समाचार एजेन्सी इरनाका अनुसार इरानी सशस्त्र बलका चिफ अफ स्टाफ मेजर जनरल अब्दोलरहीम मुसावीले एक सैन्य इकाइको भ्रमणका क्रममा पश्चिम एशियामा भइरहेको अमेरिकी सैन्य तैनाथीको सन्दर्भमा उक्त टिप्पणी गरेका हुन्। उनले अमेरिकी नौसैनिक नाकाबन्दीको सम्भावनाप्रति प्रतिक्रिया जनाउँदै इरानलाई नाकाबन्दी गर्न नसकिने स्पष्ट पारे।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विमानवाहक युद्धपोत अब्राहम लिंकन को नेतृत्वमा ठूलो सैन्य समूह इरानतर्फ अघि बढिरहेको र तेहरानलाई सम्झौताका लागि समय सकिँदै गएको चेतावनी दिएका थिए।

यसैबीच, इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले अमेरिकाले युद्ध सुरु गरेमा त्यसको प्रभाव सम्पूर्ण क्षेत्रमा फैलिने बताएका छन्। उनका वरिष्ठ सल्लाहकार अली शामखानीले अमेरिकाबाट हुने जुनसुकै स्तरको सैन्य कारबाहीलाई युद्धको घोषणा मानिने र त्यसको तत्काल तथा अभूतपूर्व जवाफ दिइने चेतावनी दिएका छन्।

यी चेतावनीहरूले अमेरिका–इरानबीचको तनाव अझ चर्किएको संकेत गर्दै पश्चिम एशियाको सुरक्षा अवस्था थप संवेदनशील बन्दै गएको देखिन्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया