भारि गिरावटपछि फेरि बढ्यो सुन र चाँदीको मूल्य
- BFIS News
- 2026 Feb 03 11:55
काठमाडौं । पछिल्ला केही दिनयता निरन्तर ओरालो लागेको सुन र चाँदीको मूल्य मंगलबार फेरि बढेको छ।
माघ १९ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १३५ रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो तीन दिनदेखि सुनको मूल्यमा भारी गिरावट आएको थियो।
यस्तै, चाँदीको मूल्य पनि मंगलबार बढेको छ। आज चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार चाँदी प्रतितोला ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
लगातारको गिरावटपछि पुनः मूल्य बढेपछि सुनचाँदी बजारमा चहलपहल बढ्ने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया