सगरमाथा लुम्बिनीद्वारा उदयपुरमा कृषि तथा पशुपंक्षी बीमा अभिकर्ता तालिम सम्पन्न
- BFIS News
- 2026 Feb 03 16:02
काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले उदयपुरमा तीन दिने कृषि, पशुपंक्षी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ। कम्पनीको आयोजनामा माघ १३ गते मङ्गलबारदेखि १५ गते बिहीबारसम्म उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१० स्थित होटल ओल्ड दरबारमा तालिम सञ्चालन गरिएको हो।
कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षतामा सम्पन्न तालिम कार्यक्रममा कृषि तथा पशुपंक्षी विभाग प्रमुख उमेश ढकालले सहजीकरण गरेका थिए। कार्यक्रममा इन्स्योरेन्स कम्पनीका प्रतिनिधिहरू तथा विभिन्न जिल्लाबाट आएका सहभागीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
तालिममा कृषि, पशुपंक्षी तथा जडीबुटी बीमासम्बन्धी नीतिगत व्यवस्था, जोखिम व्यवस्थापन, बीमा अभिकर्ताको भूमिका तथा कार्यप्रणालीका विषयमा प्रशिक्षण प्रदान गरिएको कम्पनीले जनाएको छ। तालिममा सहभागी १५ जना प्रशिक्षार्थीहरूले सफलतापूर्वक तालिम पूरा गरी प्रमाणपत्र प्राप्त गरेका छन्।
कार्यक्रम सञ्चालन उदयपुर गाईघाट शाखा कार्यालयका प्रमुख धनबहादुर कटुवालले गरेका थिए। तालिम प्राप्त अभिकर्ताहरूले कृषकसम्म पुगेर बीमा सेवाको पहुँच विस्तार गर्ने र कृषकलाई अधिकतम सुरक्षण प्रदान गर्न सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया