NIMB Header 2
Nepal Life

सुनको भाउ पुनः ३ लाखमाथि, चाँदी पनि महँगियो

National Life
  • BFIS News
  • 2026 Feb 04 11:26
सुनको भाउ पुनः ३ लाखमाथि, चाँदी पनि महँगियो
Sanima Reliance

काठमाडौं ।  नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ।

Shikhar
NIMB

दैनिक दरअनुसार सुनको मूल्य फेरि ३ लाख रुपैयाँको स्तर पार गरेको छ भने चाँदीको भाउ पनि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको दरसूची अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ तोकिएको छ। अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। एकै दिन सुनको भाउ प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। बुधबार चाँदी प्रतितोला ५ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो, जसअनुसार एक दिनमा २६५ रुपैयाँले वृद्धि भएको देखिन्छ।

अन्तर्राष्ट्रिय बजारको उतारचढाव र विनिमय दरको प्रभावका कारण स्थानीय बजारमा बहुमूल्य धातुको मूल्य परिवर्तन भइरहेको व्यवसायीहरू बताउँछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया