विशेष अदालतमा मुद्दा दर्ता भएपछि नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष पौडेल स्वतः निलम्बित
- BFIS News
- 2026 Feb 08 12:00
काठमाडौं। नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका अध्यक्ष सुरेन्द्र कुमार पौडेल पदबाट स्वतः निलम्बनमा परेका छन्। उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएपछि कानूनी प्रावधानअनुसार उनी पदमुक्त भएका हुन्।
कम्पनीका अनुसार सुरेन्द्र कुमार पौडेलविरुद्ध मिति २०८२ माघ १८ गते विशेष अदालत, बबरमहल, काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ बमोजिम मुद्दा दायर भएसँगै सम्बन्धित पदाधिकारी स्वतः निलम्बनमा रहने व्यवस्था रहेको छ।
यसै कानूनी व्यवस्थाअनुसार नेपाल सरकार अर्थ मन्त्रालयको मिति २०८२ माघ २३ गतेको अर्थमन्त्रीस्तरीय निर्णयबाट पनि पौडेल स्वतः निलम्बनमा परेको जानकारी कम्पनीलाई प्राप्त भएको जनाएको छ।
कम्पनी ऐन, २०६३ को दफा १०७ को उपदफा (२) अनुसार सञ्चालक समितिका अध्यक्ष पौडेल पदबाट स्वतः निलम्बित भएको जानकारी सम्बन्धित सरोकारवालालाई गराइएको कम्पनीले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)












.jpg)




प्रतिक्रिया