होटल फरेस्ट इनको आईपीओमा मागभन्दा ८ गुणा बढी आवेदन, १९ लाख ९८ हजार लगानीकर्ताको हात खाली
- BFIS News
- 2026 Feb 09 22:06
काठमाडौं। होटल फरेस्ट इन लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा मागभन्दा झन्डै ८ गुणा बढी आवेदन परेको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३३ लाख २० हजार कित्ता शेयर निष्कासन गरेकोमा अन्तिम दिनसम्म २३ लाख ३० हजार ८६ जना आवेदकबाट २ करोड ६३ लाख ६० हजार ५ सय कित्ता शेयरका लागि आवेदन परेको हो।
आईपीओमा परेको कुल आवेदनबाट २ अर्ब ६३ करोड ६० लाख ५० हजार रुपैयाँ संकलन भएको छ। धितोपत्र बोर्डको नीति अनुसार प्रत्येक लगानीकर्तालाई न्यूनतम १० कित्ता शेयर बाँडफाँट गर्दा करिब ३ लाख ३२ हजार लगानीकर्ताले मात्रै शेयर पाउनेछन्।
यसरी कुल २३ लाख ३० हजार ८६ आवेदकमध्ये करिब १९ लाख ९८ हजार लगानीकर्ताको हात खाली हुने देखिएको छ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल रहेको छ। आईपीओमा अत्यधिक माग देखिनुले लगानीकर्ताहरूको होटल तथा पर्यटन क्षेत्रप्रति बढ्दो आकर्षण झल्किएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)













.jpeg)



प्रतिक्रिया