१८ कम्पनीले हकप्रद शेयर निष्काशन गर्दै, कुन कम्पनीको कति ? सूचिसहित
- BFIS News
- 2026 Feb 10 14:12
काठमाडौं। १८ वटा कम्पनीले हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। जसमा १६ वटा कम्पनीले १४ अर्ब र रिभ्यु भइसकेका २ वटाले एक अर्बको आइपिओ जारी गर्दैछन्। चुक्त पूँजी जुटाइसकेको प्रभु महालक्ष्मी लाइफले आफ्नो योजनाबाट हकप्रद शेयर जारि गर्ने रणनीति फेरिसकेको भए पनि बोर्डको पाइपलाइनमा भने अझै छ।
एनआरएन इन्फ्राष्ट्रक्चर र साहास उर्जाले हकप्रद शेयर निष्काशनका लागि भर्खरै आवेदन दिएका छन्। दुबैले सत प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति माग गरेका छन्। त्यस्तै भुगोल इनर्जीले ८८.६६ प्रतिशत, ओरियण्टल होटलले २६ प्रतिशत, डोल्टी पावरले ९६ प्रतिशत, पाचथर पावरले सत प्रतिशत, राधि विद्युतले ६९.९ प्रतिशत, सयपत्री हाइड्रोपावरले ७४ प्रतिशत, हिमालयन पावरले ५० प्रतिशत, सगरमाथा हाइड्रवपावरले सत प्रतिशत, नेपाल ल्युव आयलले २०० प्रतिशत, मन्दाकिनी हाइड्रोपावरले ६६.४ प्रतिशत, सिइडिबी होल्डिङले ५४.५ प्रतिशत, सानिमा जिआइसीले १७ प्रतिशत र बाराही हाइड्रोपावरले सत प्रतिशत हकप्रद शेयर जारि गर्दै छन्।
नेपाल विद्युत नियमन आयोगले जलविद्युत कम्पनीलाई दीर्घकालिन ऋण तिर्न र अन्य आयोजनामा लगानी गर्नका लागि हकप्रद शेयर जारी गर्ने बाटो खुला गरिदिएको हुँदा पछिल्लो समय जलविद्युत कम्पनीको हकप्रद शेयर सबैभन्दा धेरै जारी हुने गरेको छ। सुरुमा आइपिओ जारी गर्ने अनि दोस्रो बजारमा भाउ बढाउन पनि हकप्रद शेयर जारी गर्ने प्रबृत्ती छ। अर्को तर्फ कतिपय कम्पनीहरु वास्तवमै समस्यामा छन्। जसले हकप्रद शेयर मार्फत पूँजी संकलन गरेर आफुलाई नयाँ दिशाबाट अगाडी बढाउने रणनीति पनि बनाइरहेको पाइन्छ।


चालु आर्थिक वर्षमा बोर्डले ५ वटा कम्पनीलाई हकप्रद शेयर जारी गर्ने अनुमति प्रदान गरेको छ। जसमा शिव श्री हाइड्रोपावर, रिभर फल्स पावर, बुद्धभुमी नेपाल हाइड्रोपावर, नारायणी विकास बैंकले सत प्रतिशत हकप्रद शेयर जारी गरेका छन् भने सिटी होटलले ८० प्रतिशत हकप्रद शेयर निष्काशन गरेका छन्। जसमा बुद्ध भुमी नेपालले जारी गर्न बाँकी छ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)













.jpeg)



प्रतिक्रिया