कुथेली बुखरी स्मल हाइड्रोपावरको बिक्री आम्दानी बढ्दा पनि नाफा घट्यो
- BFIS News
- 2026 Feb 11 09:25
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड (KBSH) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरण अनुसार विद्युत बिक्रीबाट प्राप्त आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा केही बढे पनि कम्पनीको खुद नाफा भने घटेको देखिएको छ।
चालु आर्थिक वर्षको पहिलो छ महिनामा कम्पनीले १ करोड ९४ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको १ करोड ९० लाख रुपैयाँको तुलनामा २.१७ प्रतिशतले बढी हो।
आम्दानी बढेपनि नाफामा भने गिरावट आएको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ५.९५ प्रतिशतले घटेर ८३ लाख २० हजार रुपैयाँमा सीमित भएको छ। सोही अवधिमा कुल नाफा ४.७८ प्रतिशत र सञ्चालन मुनाफा ५.६५ प्रतिशतले घटेको विवरणमा उल्लेख छ।
प्रतिशेयर आम्दानी (EPS) २ रुपैयाँ १० पैसाले घटेर १२ रुपैयाँ ४१ पैसामा झरेको छ। पुस मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ७६ पैसा कायम छ भने मूल्य–आम्दानी अनुपात १३२.९२ गुणा रहेको छ।
कम्पनीको चुक्ता पूँजी १३ करोड ४० लाख रुपैयाँ रहेको छ र जगेडा कोषमा ५ करोड ५९ लाख रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा जनाइएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)















प्रतिक्रिया