NIMB Header 2
Nepal Life

आइसिएफसि फाइनान्सले फागुन ११ देखि ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने

National Life
  • BFIS News
  • 2026 Feb 11 09:32
आइसिएफसि फाइनान्सले फागुन ११ देखि ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने
Sanima Reliance

काठमाडौं। आइसिएफसि फाइनान्स लिमिटेड (ICFC) ले फागुन ११ गतेदेखि नयाँ ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

Shikhar
NIMB

कम्पनीले सात वर्ष अवधिको, वार्षिक ८ प्रतिशत ब्याजदर रहने डिबेञ्चर बजारमा ल्याउन लागेको हो।

‘८ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ नाम दिइएको उक्त ऋणपत्र प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता जारी गरिनेछ, जसको कुल आकार ५० करोड रुपैयाँ हुन्छ। यसमध्ये ३ लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरका ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी २ लाख कित्ता अर्थात २० करोड रुपैयाँ बराबरका ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणतर्फको हिस्सामध्ये ५ प्रतिशत अर्थात १० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गतेसम्म आवेदन खुला रहने तालिका छ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले सम्हालेको छ। आवेदन सी–आस्बा प्रणालीमार्फत स्वीकृत बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाबाट दिन सकिनेछ।

क्रेडिट रेटिङ्गका क्रममा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी ट्रिपल बी माइनस’ इस्यूअर रेटिङ्ग दिएको छ, जसले वित्तीय दायित्व समयमै भुक्तानी गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ। ऋणपत्रबाट प्राप्त ब्याज प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक अवधि समाप्त भएपछि कर कट्टा गरी भुक्तानी गरिने व्यवस्था छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार