प्रभु महालक्ष्मी लाइफको नाफा र बीमा शुल्क आम्दानीमा वृद्धि
- BFIS News
- 2026 May 13 11:48
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको नाफा, बीमाशुल्क आम्दानी तथा जीवन बीमा कोषमा सुधार देखिएको छ।
चैत मसान्तसम्म कम्पनीले २७ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा २७ करोड ७ लाख रुपैयाँ रहेको थियो। यस आधारमा कम्पनीको नाफा १.६१ प्रतिशतले वृद्धि भएको हो। कम्पनीको आम्दानीमा भएको सुधारले नाफा बढाउन सहयोग पुगेको देखिन्छ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आम्दानी उल्लेख्य रूपमा बढेको छ। गत आवको चैत मसान्तसम्म ३ अर्ब ४९ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालू आवको सोही अवधिमा २८.८९ प्रतिशत वृद्धि गर्दै ४ अर्ब १५ करोड १७ लाख रुपैयाँ पुर्याएको छ। यसले कम्पनीको बीमा व्यवसाय विस्तार तीव्र गतिमा भइरहेको संकेत गर्दछ।
त्यसैगरी, कम्पनीको जीवन बीमा कोष ३२ प्रतिशतले वृद्धि भएको छ। गत आवको चैत मसान्तसम्म १२ अर्ब ८० करोड १८ लाख रुपैयाँ रहेको कोष चालू आवको सोही अवधिमा बढेर १६ अर्ब ९० करोड ७५ लाख रुपैयाँ पुगेको छ।
यद्यपि, कम्पनीको प्रतिशेयर आम्दानी भने केही घटेको छ। गत आवमा ७ रुपैयाँ ७ पैसा रहेको प्रतिशेयर आम्दानी चालू आवमा घटेर ६ रुपैयाँ ९१ पैसामा सीमित भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ भने ११५ रुपैयाँ ६० पैसा कायम रहेको छ।
हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब ३० करोड ७७ लाख रुपैयाँ रहेको छ। साथै कम्पनीले शेयर प्रिमियममा १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ति कोषमा १३ करोड ८४ लाख रुपैयाँ तथा जगेडा कोषमा ३३ करोड २१ लाख रुपैयाँ सञ्चिति गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया