नबिल इन्भेष्टमेन्ट र रोयल टुलिप काठमाडौँबीच ‘रोड टु आईपीओ’ सम्झौता
- BFIS News
- 2026 May 11 15:26
काठमाण्डौं । नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड र द म्यासिफ होटल प्राइभेट लिमिटेड (रोयल टुलिप काठमाण्डौं) बीच संस्थागत परामर्श सेवा अन्तर्गत ‘रोड टु आईपीओ’ सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौताअनुसार होटल कम्पनीलाई निजी कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्दै भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन (आईपीओ) जारी गर्ने तयारी अघि बढाइने भएको छ ।
सम्झौतापत्रमा द म्यासिफ होटल प्राइभेट लिमिटेडका अध्यक्ष राजेन्द्र शाक्य तथा नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनीष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार नबिल इन्भेष्टमेन्टले कम्पनीलाई सूचीकृत कम्पनीका रूपमा विकास गर्न आवश्यक पूर्वतयारी, समन्वय तथा परामर्श सेवा उपलब्ध गराउने जनाएको छ । प्रारम्भिक तयारी पूरा भएपछि सम्बन्धित नियामक निकायसँग आईपीओ निष्काशनका लागि अनुमति मागिने कम्पनीले जनाएको छ ।
‘रोयल टुलिप काठमाडौँ’ नामबाट सञ्चालनमा रहेको द म्यासिफ होटल प्राइभेट लिमिटेड ललितपुरको ग्वार्कोमा अवस्थित पाँचतारे होटल हो । फ्रान्सेली अन्तर्राष्ट्रिय होटल चेन ब्रान्ड अन्तर्गत सञ्चालित उक्त होटलमा ३०८ वटा कोठा तथा सुइट रुम रहेका छन् । कम्पनीका अनुसार यो नेपालमा धेरै कोठा भएको होटलमध्ये एक हो ।
होटलमा साना तथा ठूला गरी १० वटा बैठक तथा कार्यक्रम हल रहेका छन् । आधुनिक वास्तुकला र सुविधा सम्पन्न संरचनासहित सञ्चालित होटलमा हेल्थ क्लब, स्पा, रेष्टुरेन्ट लगायतका सेवा उपलब्ध छन् । कम्पनीले ग्राहकलाई उच्चस्तरीय सेवा तथा आतिथ्य प्रदान गर्ने लक्ष्यका साथ सञ्चालन भइरहेको जनाएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)

.jpg)




प्रतिक्रिया