लिवर्टी माइक्रो लाइफको खुद नाफा २५% ले वृद्धि, जीवन बीमा कोष ५१३% ले बढ्यो
- BFIS News
- 2026 Feb 11 11:49
काठमाडौं। लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा झण्डै २५ प्रतिशतले बढेको छ।
गत आर्थिक वर्षको पहिलो ६ महिनामा ५८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा २४.९१ प्रतिशत वृद्धि गर्दै ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६ करोड ७४ लाख रुपैयाँबाट १९२.६८ प्रतिशतले वृद्धि भई १९ करोड ७५ लाख रुपैयाँ नाघेको छ। त्यस्तै, लगानी तथा कर्जाबाट प्राप्त हुने आम्दानी २ करोड ४६ लाख रुपैयाँबाट २१.५७ प्रतिशतले बढेर करिब ३ करोड रुपैयाँ पुगेको छ।
यस अवधिमा कम्पनीको कुल आम्दानी १४४.३७ प्रतिशतले बढेको छ भने कुल खर्च १५२.५२ प्रतिशतले वृद्धि भएको छ। अभिकर्तालाई प्रदान गरिने कमिशन खर्च १४३.५८ प्रतिशतले बढेको छ भने जीवन बीमा कोषको आकार ५१३.३६ प्रतिशतले विस्तार भएको वित्तीय विवरणमा उल्लेख छ।
५२ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ति कोषमा ८९ हजार रुपैयाँ तथा जगेडा कोषमा १ करोड ३७ लाख रुपैयाँ सञ्चित छ। कम्पनीले ७० करोड ३६ लाख रुपैयाँ लगानी गरेको छ भने कुल सम्पत्तिको मूल्य ९२ करोड ८७ लाख रुपैयाँभन्दा बढी रहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया