NIMB Header 2
Nepal Life

हकप्रद शेयरधनीको नैसर्गिक अधिकार हो, पूँजी जुटाउछौ भन्दा स्वेच्छिक रुपमा रोक्न हुँदैन : अध्यक्ष हमाल

National Life
  • BFIS News
  • 2023 Oct 05 16:40
हकप्रद शेयरधनीको नैसर्गिक अधिकार हो, पूँजी जुटाउछौ भन्दा स्वेच्छिक रुपमा रोक्न हुँदैन : अध्यक्ष हमाल
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले हकप्रद शेयर शेयधनीको नैसर्गिक अधिकार भएको बताएका छन् । नेपाल धितोपत्र बोर्ड र नेपाल उद्योग बाणिज्य महासंघ विच आज सम्पन्न भएको ‘कन्डक्टिङ नेशनल इन्भेष्टर एजुकेसन एण्ड अवेरनेस विल्डिङ प्रोग्राम’ संझौता कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष हमालले हकप्रद शेयर किन बन्द गर्ने भन्दै प्रश्न गरेका छन् ।

 

Shikhar
NIMB

कुनै समयमा नियामकहरुले हकप्रद शेयर निष्काशनमा लगाएको प्रतिवन्धलाई स्मरण गर्दै अध्यक्ष हमालले भने ‘हकप्रद भनेको शेयरहोल्डरको नैसर्गिक अधिकार हो ।’ उनले थपे, हाम्रा कम्पनी अप्ठ्यारोमा छन् भने हामीले नै उकास्ने हो ।’ बहुमत शेयरधनीले साधारणसभा मार्फत हकप्रद शेयर निष्काशन गर्छौ पूँजी जुटाउछौ भन्दा रोक्न नहुने उनको तर्क छ । उनले थपे ‘२० रुपैयाँ कमाउन १०० रुपैयाँ लगानी गर्नै पर्छ । हकप्रद शेयर किन बन्द गर्ने ।’  

नियामक निकायका प्रमुखहरुले स्वेच्छाचारी नीति लिएको विषयलाई इङ्गित गर्दै नेपालमा नीतिगत स्थायित्वको आवस्यकता रहेको बताएका छन् । हामी नेपालमा यदि विकास चाहन्छौ भने नीतिगत स्थायित्व हुनु पर्छ, उनले भने ।

यसका लागि सोचाइमा स्थायित्व हुन जरुरी रहेको उनले जिकिर गरे । देशका कुनै पनि पदाधिकारीहरु प्रधानमन्त्रीदेखि मन्त्री या जुनसुकै निकायका पदाधिकारीहरुलाई कहिले पनि असिमित अधिकार दिन नहुने उनको भनाइ छ । उनले भने ‘प्रणालीबाट चलोस । प्रणालीको परिभाषा होस् । अपरिभाषित अधिकार कसैसँग पनि नहोस् । कसैलाई पनि यस्तो अधिकार नदिउ कि धितोपत्र बोर्डले चाह्यो भने भोलिदेखि आइपिओ निष्काशन बन्द गर्ने ५ महिना पछि खोलिदिने नहोस् ।’

त्यस्तो भयो भने संस्था नै ध्वस्त हुने उनको भनाइ छ । नेपाल अन्य मुलुक भन्दा धेरै इन्टेलिजेन्ट हुँदा पनि प्रोडक्टिभ हुन नसकेको भन्दै गुनासो व्यक्त गरेका छन् । नेपालमा अहिले हाम्रो औषत उमेर २३ वर्ष छ । यो उमेर अव सन् २०५० सम्म मात्रै हुनेछ त्यस पछि हामीलाई धेरै गाह्रो हुने उनको भनाइ छ । त्यस पछि हाम्रो देशमा बढि उमेर भएका जनसंख्या भएको मुलुक हुने हुँदा यस अवधिसम्ममा सम्पुर्ण विकासका पुर्वाधारण तयार भइसक्नु पर्ने उनले बताए । यसका लागि हामी सँग अव २७ वर्ष मात्रै बाँकी रहेको हुँदा हामी सँग धेरै नै लगानीको आवस्यकता पर्ने उनले बताए ।

धितोपत्र बोर्डले उद्योग बाणिज्य महासंघ सँग समन्वय गरेर ७७ वटै जिल्लामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गर्ने भएको हो । यसमा उद्योग बाणिज्य संघको सञ्जाल र नेपाल धितोपत्र बोर्डको विज्ञताको प्रयोग हुने हमालले बताए । यस वर्ष बोर्ड र महासंघले २० वटा जिल्लामा कार्यक्रम आयोजना गर्ने छन् ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया