नेपाल लाइफ इन्स्योरेन्सको दोस्रो त्रैमास नाफा घट्यो, प्रतिशेयर आम्दानी पनि ओरालो
- BFIS News
- 2026 Feb 12 10:14
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा र प्रतिशेयर आम्दानी दुवै घटेका छन्।
पुस मसान्तसम्म कम्पनीले ३३ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको ४६ करोड ८१ लाख रुपैयाँको तुलनामा २८.०३ प्रतिशत कम हो।
समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १५.३७ प्रतिशतले वृद्धि भएको छ भने कुल आम्दानी ७.०९ प्रतिशतले बढेको छ। त्यस्तै, खुद दाबी भुक्तानी ८.१९ प्रतिशत र कुल खर्च ९.०२ प्रतिशतले बढेको विवरणमा उल्लेख छ।
नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ। प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३० पैसा घटेर ७ रुपैयाँ ११ पैसामा सीमित भएको छ। सो अवधिसम्म मूल्य–आम्दानी अनुपात १०८.१९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ८६ पैसा कायम भएको छ।
कम्पनीको चुक्ता पूँजी ९ अर्ब ४८ करोड रुपैयाँ छ। महाविपत्ति कोषमा १ अर्ब ५३ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्समा ६७ करोड ७६ लाख रुपैयाँ र अन्य इक्विटीमा १४ करोड ९२ लाख रुपैयाँ सञ्चित रहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया