Nepal Life

नेको इन्स्योरेन्स कम्पनी नाफामा, चुनौतीबीच पनि स्थिरता कायम

NMB Bank
  • BFIS News
  • 2026 Feb 12 12:30
नेको इन्स्योरेन्स कम्पनी नाफामा, चुनौतीबीच पनि स्थिरता कायम
National Life

 

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले पछिल्लो ६ महिनामा १ करोड रुपैयाँ नाफा आर्जन गर्दै चुनौतीपूर्ण परिस्थितिमा पनि आफ्नो व्यवसायलाई स्थिर राख्न सफल भएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले १ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

Shikhar
NIMB

जेन–जी आन्दोलन र असोजमा आएको बाढीपहिरोका कारण बीमा दाबीमा ठूलो दबाब परे पनि कम्पनी नाफामा देखिनु सकारात्मक संकेतका रूपमा हेरिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो।

बीमा शुल्क संकलनमा सामान्य गिरावट

चालु आवको छ महिनामा कम्पनीले १ अर्ब १८ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। गत आवको सोही अवधिमा यो रकम १ अर्ब २० करोड रुपैयाँ थियो। यद्यपि, खुद बीमाशुल्क भने १.४९ प्रतिशतले वृद्धि भई ६९ करोड ६९ लाख रुपैयाँ पुगेको छ।

खर्च बढे पनि व्यवसाय टिकाउ

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब ४ करोड ७० लाख रुपैयाँबाट घटेर १ अर्ब २ करोड ७१ लाख रुपैयाँमा पुगेको छ। तर कुल खर्च भने २२.७७ प्रतिशतले बढ्दै १ अर्ब २ करोड १७ लाख रुपैयाँ पुगेको छ। अभिकर्तालाई कमिशन बापत दिएको रकम पनि उल्लेख्य रूपमा बढेर ३ करोड १० लाख रुपैयाँ पुगेको छ।

प्रतिशेयर आम्दानीमा गिरावट

कम्पनीको प्रतिशेयर आम्दानी १५.५१ रुपैयाँबाट घटेर ०.८० रुपैयाँमा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २३३.३५ रुपैयाँ कायम छ। कम्पनीको चुक्ता पूँजी २ अर्ब ६९ करोड रुपैयाँ रहेको छ। महाविपत्ति कोषमा १६ करोड ७७ लाख रुपैयाँ र जगेडा कोषमा ५८ करोड ७१ लाख रुपैयाँ सञ्चित छ।

चुनौतीपूर्ण परिस्थितिमा पनि नेको इन्स्योरेन्स कम्पनीले नाफा कायम राख्नु बीमा बजारमा यसको विश्वसनीयता र टिकाउ क्षमताको प्रमाण हो। आगामी त्रैमासिकमा कम्पनीले खर्च नियन्त्रण र बीमा शुल्क संकलनमा सुधार गर्न सके अझ बलियो नतिजा देखिने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया