Nepal Life

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको व्यवसाय २४ प्रतिशतले बढ्यो, दाबी बढ्दा मुनाफामा दवाव

NMB Bank
  • BFIS News
  • 2026 Feb 12 13:01
हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको व्यवसाय २४ प्रतिशतले बढ्यो, दाबी बढ्दा मुनाफामा दवाव
National Life

 

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार कम्पनीको बीमा व्यवसाय, कुल आम्दानी तथा कोषहरुको सञ्चिती रकममा उल्लेखनीय वृद्धि देखिएको छ।

Shikhar
NIMB

कम्पनीको चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपैयाँ रहेको छ। जगेडा कोषमा ३० करोड ८४ लाख रुपैयाँ, महाबिपत्ति कोषमा १९ करोड २१ लाख रुपैयाँ, र बीमा कोषमा एक अर्ब ८२ करोड ८ लाख रुपैयाँ सञ्चिती भएको विवरणमा उल्लेख छ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन २४.५० प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले एक अर्ब ३१ करोड रुपैयाँको बीमा व्यवसाय गरेको छ, जुन गत वर्षको सोही अवधिमा ८२ करोड ८८ लाख रुपैयाँ मात्र थियो।

त्यस्तै, कम्पनीको बीमा दावी भुक्तानी ६३ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले ९८ करोड ४५ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ।

कुल आम्दानी २४.८१ प्रतिशतले बढेर एक अर्ब १० करोड रुपैयाँबाट एक अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। तर, कुल खर्च एक अर्ब ३५ करोड रुपैयाँ पुगेका कारण कम्पनीको नाफा घटेको छ। गत वर्षको सोही अवधिमा १५ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले यस वर्ष ९०.१५ प्रतिशतले घटेर मात्र एक करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ।

कम्पनीले नाफा घट्नुको कारण पछिल्लो समय निर्जीवन बीमा कम्पनीहरुमा बढ्दो दावी भुक्तानीलाई देखाएको छ। कम्पनीको ईपीएस १.२६ रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया