NIMB Header 2
Nepal Life

नेपालीरिका होटेलले ५० करोड रुपैयाँको आईपीओ जारी गर्ने, लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रवन्धक

National Life
  • BFIS News
  • 2026 Feb 12 17:55
नेपालीरिका होटेलले ५० करोड रुपैयाँको आईपीओ जारी गर्ने, लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रवन्धक
Sanima Reliance

काठमाडौं। पूर्वी नेपालको प्रतिष्ठित आतिथ्य सत्कार उद्योगमा सक्रिय नेपालीरिका होटेल लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता रु. १०० अंकित दरका ५० लाख कित्ता शेयर जारी गरी कुल रु. ५० करोड बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरेको हो।

Shikhar
NIMB

उक्त आईपीओ निष्काशनका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यस सम्बन्धमा नेपालीरिका होटेल लिमिटेडका अध्यक्ष भोलेश्वर दुलाल र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठबीच मिति २०८२ माघ २९ गते काठमाडौंको नयाँ बानेश्वरस्थित लक्ष्मी सन्राइज क्यापिटलको कार्यालयमा द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौताअनुसार निकट भविष्यमा आईपीओ सार्वजनिक गरिने जनाइएको छ।

कम्पनीका अनुसार आईपीओ निष्काशनको यो कदमले संस्थागत विकास, पारदर्शिता अभिवृद्धि तथा नेपालको आतिथ्य उद्योग र पर्यटन क्षेत्रको विस्तारमा योगदान पुर्‍याउने विश्वास लिइएको छ। विशेषगरी मोरङ प्रदेशमा लगानीका अवसर विस्तार गर्ने प्रतिबद्धता यस निर्णयले प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ।

विराटचोकस्थित नेपालीरिका होटलमा १४६ वटा आकर्षक ढंगले सजाइएका कोठा तथा सुइटहरू उपलब्ध छन्। होटलमा सपनाको विवाह, भव्य सम्मेलन तथा विभिन्न कर्पोरेट कार्यक्रम आयोजना गर्न उपयुक्त बहुउद्देश्यीय हल तथा आधुनिक पूर्वाधारहरू रहेका छन्।

यसैगरी, दमकस्थित नेपालीरिका होटलमा ३९ वटा सुसज्जित कोठा र सुइटहरू, परम्परागत नेपाली वास्तुकलामा निर्मित हेरिटेज ब्लकभित्र रेस्टुरेन्ट तथा बार सुविधा उपलब्ध छन्। होटलले ५० देखि १५०० जनासम्म क्षमताका भोज तथा सम्मेलन सेवा र स्विमिङ पुल सुविधा समेत प्रदान गर्दै आएको छ।

नेपालीरिका होटेल लिमिटेडको सार्वजनिक निष्काशनले पूर्वी नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार