महाशिवरात्रिमा राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथमा पूजा आराधना
- BFIS News
- 2026 Feb 15 23:09
काठमाडौँ, फागुन ३ गते । रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा आज पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआराधना गर्नुभएको छ ।
महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित अपराह्न पशुपतिनाथ पुगेर विधिपूर्वक पूजा गर्नुभएको हो ।
उहाँलाई मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गर्नुभएको थियो । मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हासहित मन्त्रीहरू, मन्त्रालयका सचिव, कोषका पदाधिकारी, स्थानीय निकायका प्रतिनिधि तथा गुठी संस्थानका उच्चपदस्थ अधिकारीहरूले स्वागत गरेका थिए ।
महाशिवरात्रिका अवसरमा प्रत्येक वर्ष राष्ट्र प्रमुखले पशुपतिनाथमा पूजाआराधना गर्ने परम्परा रहेको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया