NIMB Header 2
Nepal Life

विद्युतीय सार्वजनिक सवारीका लागि छुट्टै भाडादर तोक्ने तयारी

National Life
  • BFIS News
  • 2026 Feb 15 23:15
विद्युतीय सार्वजनिक सवारीका लागि छुट्टै भाडादर तोक्ने तयारी
Sanima Reliance

काठमान्डौ फाल्गुन ३  यतायात व्यवस्था विभागले सार्वजनिक रूपमा सञ्चालनमा रहेका विद्युतीय सवारीसाधनका लागि छुट्टै भाडादर कायम गर्ने उद्देश्यले भाडा समायोजनसम्बन्धी आन्तरिक गृहकार्य सुरु गरेको छ ।

Shikhar
NIMB

यातायात व्यवस्था विभागका अधिकारीहरूका अनुसार सार्वजनिक सवारीको भाडा निर्धारणका लागि बजार अध्ययन गर्ने, सम्बन्धित निकायसँग सहमति लिने तथा सरोकारवालासँग छलफल गर्ने प्रक्रियाहरू अघि बढाइएको छ ।

डिजेल तथा पेट्रोलबाट चल्ने सार्वजनिक यातायातको तुलनामा विद्युतीय सवारीको सञ्चालन खर्च कम हुने निष्कर्षका आधारमा भाडा घटाउने तयारी भइरहेको जनाइएको छ । यद्यपि अध्ययन कहिले सम्पन्न हुन्छ र नयाँ भाडादर कहिलेदेखि तथा कसरी लागू गरिन्छ भन्नेबारे विभागले स्पष्ट जानकारी दिएको छैन । हालसम्म विद्युत्‌बाट चल्ने सवारीको भाडा डिजेल–पेट्रोल सवारीसरह नै कायम रहेको छ ।

केही उपभोक्ता अधिकारकर्मीहरूले विद्युतीय सवारीको दैनिक सञ्चालन खर्च कम भए पनि समान भाडा असुल गर्नु यात्रुमाथिको अन्याय भएको भन्दै विरोध जनाउँदै आएका छन् । उनीहरूको दबाबपछि विभागले भाडा पुनरावलोकनको तयारी थालेको बताइएको छ ।

पछिल्लो पटक विभागले विसं २०८१ पुस २२ गते भाडा निर्धारण गरेको थियो । भाडा तोक्दा विभिन्न १३ वटा सूचकलाई आधार बनाइने विभागले जनाएको छ ।

विभागले विद्युतीय र डिजेल–पेट्रोल सवारीको भाडा अलग गर्ने तयारी थालेपछि वातावरणविद् तथा यातायात व्यवसायीहरूले भने आपत्ति जनाएका छन् । उनीहरूका अनुसार विद्युतीय सवारीको दैनिक सञ्चालन खर्च कम देखिए पनि दीर्घकालीन रूपमा ब्याट्री प्रतिस्थापन तथा मर्मत खर्च कति पर्छ भन्ने स्पष्ट छैन ।

त्यस्तै विद्युतीय सवारी खरिद गर्दा आर्थिक, प्राविधिक तथा सामाजिक जोखिम उठाउनुपर्ने भएकाले भाडा घटाउँदा विद्युतीय सवारीमा लगानी गर्नेहरू निरुत्साहित हुन सक्ने उनीहरूको भनाइ छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया