NIMB Header 2
Nepal Life

नारी दिवसमा नेपाल लाइफको ‘नारी सुरक्षा जीवन बीमा’ सार्वजनिक, एकै योजनामा बहु लाभ

National Life
  • BFIS News
  • 2026 Feb 17 14:41
नारी दिवसमा नेपाल लाइफको ‘नारी सुरक्षा जीवन बीमा’ सार्वजनिक, एकै योजनामा बहु लाभ
Sanima Reliance

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नेपालमै पहिलो पटक पृथक विशेषतासहित ‘नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना’ सार्वजनिक गरेको छ। “एकै योजना, बहु–लाभ! सबै नारीका लागि सजिलो पहुँच!” भन्ने नारासहित ल्याइएको यो योजना विशेष रूपमा महिलाको जीवन, स्वास्थ्य, बचत तथा आर्थिक सुरक्षालाई केन्द्रमा राखेर तयार गरिएको हो।

Shikhar
NIMB

यस योजनाको मुख्य आकर्षणमध्ये बीमालेखको वार्षिकोत्सवमा बीमाङ्कका आधारमा नगद सुविधा प्रदान गरिनु र वृद्धिशील मृत्यु लाभ सुविधा रहेका छन्। मृत्यु दाबी भुक्तानीमा बीमाङ्क रकम हरेक पाँच वर्षमा २५ प्रतिशतले वृद्धि हुने व्यवस्था गरिएको छ, जसले दीर्घकालीन सुरक्षा थप मजबुत बनाउँछ।

नेपाली जीवन बीमा क्षेत्रमा पहिलो पटक गर्भावस्था स्याहार तथा गर्भावस्था जटिलता सम्बन्धी पूरक करार सुविधा समावेश गरिएको यो योजनाले महिलाको जीवनचक्रका संवेदनशील पक्षलाई विशेष प्राथमिकता दिएको छ। नारीको जीवनमा सुरक्षा, आत्मनिर्भरता र भविष्यको सुनिश्चिततालाई केन्द्रमा राखी तयार गरिएको यस योजनाले नियमित आम्दानी, आर्थिक संरक्षण तथा दीर्घकालीन आर्थिक स्थायित्व एकैसाथ प्रदान गर्ने लक्ष्य राखेको छ।

मातृत्व नारी जीवनको महत्वपूर्ण र संवेदनशील चरण हो। यस अवधिमा सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै योजनामा गर्भावस्था जटिलता सम्बन्धी पूरक करार सुविधा समावेश गरिएको छ। यस अन्तर्गत गर्भावस्थाको समयमा सूचीकृत ११ प्रकारका गम्भीर जटिलतामध्ये कुनै एक पुष्टि भएमा एकमुष्ट रु. १ लाख तुरुन्तै उपलब्ध गराइनेछ। साथै, गर्भावस्था स्याहार पूरक करार अन्तर्गत बीमा अवधिभित्र बीमित महिला गर्भवती भएको प्रमाणित भएमा गर्भावस्थासँग सम्बन्धित स्वास्थ्य सेवाका लागि एकपटकका लागि रु. १० हजार उपलब्ध गराइनेछ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमा (मुनाफामा सरिक हुने) स्वरूपको यस योजनामा न्यूनतम बीमाङ्क रु. २ लाख ५० हजार तोकिएको छ भने अधिकतम बीमाङ्क आयस्रोतका आधारमा निर्धारण गर्न सकिनेछ। प्रवेश उमेर १८ वर्षदेखि ६५ वर्षसम्म रहनेछ।

यस योजनासँगै दुर्घटना मृत्यु लाभ, पूर्ण स्थायी अशक्तता सुविधा तथा बीमाशुल्क छुट सुविधा जस्ता विभिन्न ऐच्छिक पूरक करारहरू पनि लिन सकिने व्यवस्था गरिएको छ।

महिलाको समग्र जीवन सुरक्षा र आर्थिक सशक्तीकरणलाई लक्षित गर्दै ल्याइएको यो योजना नेपाली बीमा क्षेत्रमा नवीन र महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया