NIMB Header 2
Nepal Life

राष्ट्र बैंकले लगानीकर्ताहरुलाई चर्याइरहेको घाँउमा थप नुन चुक छर्कियो : राधा पोखरेल

National Life
  • BFIS News
  • 2023 Oct 06 05:42
राष्ट्र बैंकले लगानीकर्ताहरुलाई चर्याइरहेको घाँउमा थप नुन चुक छर्कियो : राधा पोखरेल
Sanima Reliance

काठमाडौं । नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले नेपाल राष्ट्र बैंकको कदमलाई लिएर चर्को आलोचना गरेकी छिन् । आफ्नो सामाजिक सञ्जाल मार्फत नियामक निकाय नेपाल राष्ट्र बैंकले लगानीकर्ताहरुलाई चर्याई रहेको घाँउमा थप नुन चुक छर्किएको बताएकी छिन् ।

Shikhar
NIMB

नेपाल राष्ट्र बैंकले बिहीबार बैंक वित्तीय संस्था सम्बन्धी एकिकृत निर्देशन संशोधन गर्दै सेयर धितो कर्जाको क्याप संसोधन गरेको छ । लगानीकर्ताहरुले यस्तो सिमा खारेज हुनु पर्छ भन्ने माग राख्दै आएकोमा राष्ट्र बैंकले भने व्यक्तिगततर्फ १५ करोड र संस्थागतलाई २० करोड कायम गरेको छ ।

राष्ट्र बैंकको चेपुवा नितीबाट थिलथिलो बनेको पूँजी बजारमा समय समयमा लिने निति नियमको परिवर्तन हेर्दा खर्बौंको बजारसँग लंगुर्बुर्जाको जस्तो ब्यवहार गर्ने गरेको उनले आरोप लगाएकी छिन् ।

नेपालको सेयर बजार टुकुटुक हिँड्न थालेको समयमा नियामक निकायबाट बेला बेलामा ‘बेमौसमी बाजा’ बजाउँने गर्दा आमलगानीकर्ताको सम्पत्तिमा गम्भीर समस्या देखा पर्दै आएको उनको भनाइ छ ।

धेरै समय देखि राष्ट्रबैंकको नितिको मारमा रहेको सेयर बजारमा कतिपय बजारविरोधी व्यवस्था, नियामकको बेमौसमी प्रहार, ब्याजको मारमा प्रताड़ित लगानीकर्ता चारै तिर बाँट थिलथिलो हुदै गएको पुँजी बजारमा ब्याजदर वृद्धिको अस्वस्थ प्रतिस्पर्धा लगायतका कारणले बजार घटिरहँदा धेरै लगानीकर्ता अलमलमा परेको उनले आरोप लगाएकी छिन् । त्यस्को बाबजुद लगानीकर्ता हरुलाई चर्याई रहेको घाँउमा राष्ट्रबैंकले थप नुन चुक छर्किएको उनले बताइन् ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

  • लगानिकर्ता लाइ कहाँ निर हानी गर्छ यो निर्देशिका ले? १. मार्जिन प्रकृति क शेयर धितो कर्जा को सिमा ब्यक्तिगत तर्फ २५% र संस्थागत तर्फ ६७% बढेको छ. यसले कसरि नोक्सानी bho? 2.असल कर्जा को नोक्सानी ब्यबस्था १.३% बाट १.२५% हुदा बैंक को वितरण योग्य मुनाफा बढ्न पुग्छ . यसले घाटा भो कि ? ३. एकै प्रकृति का कर्जा को ब्याज अन्तर अधिकतम २% कायम गरेर साना ऋणी लाइ हुने सोषण अन्त्य गर्न प्रयास गरेको छ यसले पुजी बजार लाइ कसरि हानी गर्छ? ४. घर जग्गा धितो कर्जा र रियल स्टेट कर्जा को LTV बढ़ायार बजार मा तरता खुकुलो गर्न र बैंक हरुलाई कर्जा प्रवाह गर्न सजिलो बनौन खोजे जस्तो देखिन्छ . प्रयोजन नखुलेको कर्जा प्रबाह केहि खुकुलो गर्दा बजार मा थप पैसा आउने देखिन्छा . Yasle पुजी बजार लाइ कसरि हानी गर्यो ? ५. अटो लोन को जोखिम भार घटौदा बैंक को CAR मा सकारात्मक प्रभाव पर्छ र कर्जा प्रबाह गर्ने क्षमता मा वृद्धि हुन्छ . प्रत्यक्ष नभय पनि परोक्ष रुप मा यसले पुजी बजार मा जाने कर्जा समेत बढ्न सहयोग गर्छ. अब चाहियको चाही के त ? राम्रो छैन भन्ने के पुगेन भन्न नसक्ने? अब केहि स्वघोषित अगुवा लगानीकर्ता र केहि ठुला भनियका लगानीकर्ता को पोर्टफोलियो रित्तो भाको समय मा आयो भन्दै मा राम्रो लाइ राम्रो भन्न देख्न नै नहुने त हैन नि .आफ्नो बिबेक प्रयोग गरौ. यी अगुवा भानैदा का पछि नलागौ.