NIMB Header 2
Nepal Life

म्युचुअल फण्डले पाएको सागर डिष्टिलरीको आइपिओ बिक्री गर्न पाउने, लक-इन अवधि समाप्त हुने

National Life
  • BFIS News
  • 2026 Feb 22 11:30
म्युचुअल फण्डले पाएको सागर डिष्टिलरीको आइपिओ बिक्री गर्न पाउने, लक-इन अवधि समाप्त हुने
Sanima Reliance

काठमाडौं। सागर डिष्टिलरी लिमिटेड ले सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको साधारण शेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्टाइएको ५ प्रतिशत शेयरको लक-इन (Lock-In) अवधि समाप्त हुने भएको छ।

Shikhar
NIMB

कम्पनीले जारी गरेको सूचनाअनुसार कुल निष्काशित शेयरमध्ये ७२,६०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको थियो। यसरी बाँडफाँड पछि ६ महिनासम्म लक-इन अवधिमा राखिएको थियो।

उक्त लक-इन अवधि आगामी २०८२ साल चैत ११ गतेपछि समाप्त हुने कम्पनीले जनाएको छ। सो मितिपछि सम्बन्धित सामूहिक लगानी कोषहरूले उक्त शेयरहरू कारोबार गर्न सक्नेछन्।

यस सम्बन्धी जानकारी सम्पूर्ण नियमनकारी निकायहरू, शेयरधनी महानुभावहरू तथा अन्य सरोकारवालाहरूको जानकारीका लागि सार्वजनिक गरिएको कम्पनीले उल्लेख गरेको छ। कम्पनीको शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया