प्राधिकरणको प्रवक्तामा निर्देशक ढुङ्गेल नियुक्त
- BFIS News
- 2026 Feb 23 15:47
काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल अधिकारी तोकिएकी छिन्। प्राधिकरणको अनुसन्धान महाशाखाको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी निर्देशक ढुङ्गेललाई यही फागुन ५ गतेको निर्णयअनुसार प्रवक्ताको जिम्मेवारी समेत दिइएको हो।
सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ मा व्यवस्था भए बमोजिम निर्देशक ढुङ्गेललाई प्रवक्ताको जिम्मेवारी तोकिएको निर्देशक कुन्दन सापकोटाले जानकारी दिए।
प्राधिकरणले सार्वजनिक सरोकारका विषयमा सूचना प्रवाहलाई प्रभावकारी बनाउन प्रवक्ताको जिम्मेवारी तोकेको जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)












.jpg)





प्रतिक्रिया