एक कित्ता कन्भर्जनको माग पुरा नभए नेपाल लाइफका अभिकर्ता आन्दोलनमा उत्रिने, 'कसैको सदश्यता नलिन आह्वान'
- BFIS News
- 2026 Feb 23 16:20
काठमाडौं । एक किस्ता कन्भर्जनको माग लामो समयदेखि सम्बोधन नभएको भन्दै पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यवस्थापनलाई फागुन मसान्तसम्मको अन्तिम समयसीमा दिएको छ । माग पूरा नभए चैत १ गतेदेखि आन्दोलनमा उत्रिने चेतावनीसहित संघले कानुनी प्रक्रियासमेत अघि बढाउने संकेत गरेको छ।
पेशागत बीमा अभिकर्ता संघ, नेपाल बीमक समिति, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १२औं पूर्ण बैठकले विभिन्न निर्णय गर्दै सम्बन्धित प्रदेश तथा शाखा समितिहरूलाई कार्यान्वयनका लागि निर्देशन दिएको छ। फागुन ११ गते कमलादी, काठमाडौंमा बसेको बैठकले कम्पनी व्यवस्थापनसँग उठाइएका मागका विषयमा थप कदम चाल्ने निर्णय गरेको संघले जनाएको छ।
त्यस्तै निवर्तमान कार्यसमितिका अध्यक्ष राजेन्द्र अमात्य नेतृत्वको बीमक समितिले आफ्ना मागहरू सम्बोधनका लागि पटक–पटक मौखिक तथा लिखित पहल गर्नुका साथै राष्ट्रिय दैनिक गोरखापत्रमा सूचना प्रकाशित गर्दा पनि सुनुवाइ नभएको ठहर गर्दै अब कानुनी प्रक्रियामा जाने निर्णय गरेको छ। यस विषयमा पत्रकार सम्मेलनसमेत गरिएको थियो।
संघका पदाधिकारी, प्रदेश तथा शाखा समितिका प्रतिनिधिहरू कम्पनी व्यवस्थापनसँग छलफल र दबाबका लागि सामूहिक रूपमा भेटघाटमा जाने निर्णय गरिएको संघले जनाएको छ। हालसम्म पेश गरिएका मागहरूको कार्यान्वयन सुनिश्चित गर्न उक्त पहल गर्ने संघका सचिव तेजमणी शर्माले बताए।
बैठकले संघ विद्यमान रहँदै समान उद्देश्यसहित नयाँ संघ दर्ता प्रक्रिया अघि बढाइएको तथा आफ्ना आजीवन र साधारण सदस्यहरूबाट झुक्याएर हस्ताक्षर गराइएको सूचना प्राप्त भएको भन्दै त्यसबारे छानबिन गर्ने निर्णय गरेको छ। यदि सदस्यहरूले स्वेच्छाले हस्ताक्षर नगरेको भए कारण खुलाएर सम्बन्धित शाखा समितिमार्फत निवेदन पेश गर्न आह्वान गरिएको छ। निवेदन प्राप्त नभएमा सदस्यता कानुनअनुसार कायम नरहने अध्यक्ष गणेश अधिकारीले जानकारी दिए।
यसैगरी, सबै शाखा समितिहरूलाई आजीवन तथा साधारण सदस्यताको अभिलेख अद्यावधिक गरी काट्न बाँकी सदस्यता ठेली चैत ५ गतेभित्र केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिने निर्णय गरिएको संघले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)












.jpg)




प्रतिक्रिया