नेशनल लाईफ इन्स्यारेन्सको ३९औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न, एआई तालिम र सामाजिक कार्यक्रमलाई प्राथमिकता
- BFIS News
- 2026 Feb 23 16:32
काठमाडौं। नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लिमिटेड ले आफ्नो ३९औं वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रमसहित सम्पन्न गरेको छ। विभिन्न सामाजिक, व्यावसायिक तथा आन्तरिक गतिविधिहरूसँगै मनाइएको वार्षिकोत्सवको समापन समारोह काठमाडौंस्थित होटल ह्यात सेण्ट्रिक मा आयोजित गरिएको थियो।
समारोहको उद्घाटन कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरी गरेकी थिइन्। सो अवसरमा उनले कम्पनीलाई अग्रस्थानमा पुर्याउन योगदान पुर्याउने कर्मचारी, अभिकर्ता, बीमित, शुभेच्छुक तथा सरोकारवालाप्रति आभार व्यक्त गरिन्। सेवाग्राहीलाई गुणस्तरीय र सहज सेवा उपलब्ध गराउने लक्ष्यअनुसार कर्मचारीलाई प्रविधिमा दक्ष बनाउने कार्यलाई प्राथमिकता दिइएको उल्लेख गर्दै उनले सम्पूर्ण प्रशासनिक कर्मचारीलाई आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी तालिम प्रदान गरिएको जानकारी दिइन्। यस्तो तालिमलाई आगामी दिनमा निरन्तरता दिइने पनि उनले बताइन्।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कर्मचारी, अभिकर्ता, बीमित तथा अन्य सरोकारवालाको सहयोगले कम्पनीले छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गरे। उनले भविष्यमा पनि यस किसिमको साथ र सद्भाव कायम रहने विश्वास व्यक्त गरे। साथै नियामक निकाय र सम्बन्धित संस्थाबाट प्राप्त मार्गदर्शन र सहयोगप्रति कृतज्ञता व्यक्त गरे।
वार्षिकोत्सवका अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मातृ नेपाल बालगृह लाई शैक्षिक सामग्री वितरण गर्नुका साथै त्यहाँ आश्रित बालबालिकालाई भोजन गराइएको जनाएको छ। साथै रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो। कम्पनीका प्रदेश तथा शाखा कार्यालयहरूले देशका विभिन्न वृद्धाश्रम, बालकल्याण संस्था र मानव सेवा आश्रमहरूमा पनि सामाजिक कार्यक्रम सञ्चालन गरेका छन्।
कर्मचारीको शारीरिक तथा मानसिक सुदृढीकरणका लागि अन्तरकर्मचारी खेलकुद प्रतियोगिता पनि आयोजना गरिएको थियो। प्रतियोगिताअन्तर्गत पुरुष तथा महिलाका लागि क्रिकेट, फुटसल, टेबल टेनिस र बुद्धिचाल खेल समावेश गरिएको कम्पनीले जनाएको छ।
समापन समारोहमा अध्यक्ष सिंहले विभिन्न खेलकुद विधामा विजयी कर्मचारीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिन्। रक्तदान गर्ने कर्मचारीलाई प्रमाणपत्र र सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गर्ने कर्मचारीलाई मायाको चिनो प्रदान गरिएको थियो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)












.jpg)





प्रतिक्रिया