Nepal Life

निर्वाचनको अवसरमा नारायणगढ–बुटवल सडक विस्तार तीव्र बनाइँदै

NMB Bank
  • BFIS News
  • 2026 Feb 25 17:42
निर्वाचनको अवसरमा नारायणगढ–बुटवल सडक विस्तार तीव्र बनाइँदै
National Life

मध्यविन्दु, फागुन १३ गते । निर्वाचनका बेला सवारी चाप कम हुने अवसरलाई सदुपयोग गर्दै नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम तीव्र पारिने भएको छ ।

Shikhar
NIMB

निर्वाचन अवधिमा सडकमा सवारी साधनको चाप घट्ने भएकाले सोही समयलाई लक्षित गरी जनशक्ति व्यवस्थापन मिलाइएको आयोजनाले जनाएको छ । पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार नेपाली कामदारहरू मतदानका लागि घर जाने हुँदा करिब १० दिन काम प्रभावित हुन सक्ने भएकाले त्यसको परिपूर्तिका लागि भारतीय मजदुरसमेत परिचालन गरिएको छ ।

“निर्माणमा खटिएका अधिकांश कामदार दाङ र सल्यानका हुनुहुन्छ । उहाँहरू मतदानका लागि घर आउजाउ गर्दा केही दिन लाग्छ,” खनालले भन्नुभयो, “त्यसैले सवारी चाप कम हुने समय पारेर अन्य समयभन्दा बढी काम गर्ने लक्ष्य राखेका छौँ ।”

नवलपुर खण्डमा हाल करिब पाँच सय कामदार खटिएको आयोजनाका प्रोजेक्ट म्यानेजर राकेश झाले जानकारी दिनुभयो । “बाँकी काममध्ये धेरैजसो मेसिनबाट गर्नुपर्ने भएकाले करिब चार सय मजदुर र करिब सय जना चालक तथा प्राविधिक कार्यक्षेत्रमा हुनुहुन्छ,” उहाँले बताउनुभयो ।

हाल नवलपुरको दाउन्ने खण्डलाई उच्च प्राथमिकतामा राखिएको छ । कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ भने सडकको बीच भागमा डिभाइडर र बजार क्षेत्रमा सर्भिस लेन निर्माण जारी छ । अधिकांश पुल निर्माण सम्पन्न भइसकेका छन् भने अरुणखोलाको पुल बिहीबारदेखि सञ्चालनमा आउने जनाइएको छ ।

आगामी चैतसम्म कालोपत्रे र सर्भिस लेन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । दाउन्ने क्षेत्रमा अब ढलान र नाली निर्माण बाँकी रहेको छ । चार किलोमिटर ढलान गर्नुपर्नेमा २२ सय मिटर सम्पन्न भइसकेको र १८ सय मिटर बाँकी रहेको आयोजनाले जनाएको छ । आउँदो जेठसम्म दाउन्ने खण्डको एकतर्फी ढलान पूरा गरी सवारी आवागमन सहज बनाउने दाबी गरिएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया