Nepal Life

इरानद्वारा एनएचकेका तेहरान ब्युरो प्रमुख पक्राउ

NMB Bank
  • BFIS News
  • 2026 Feb 25 17:44
इरानद्वारा एनएचकेका तेहरान ब्युरो प्रमुख पक्राउ
National Life

टोकियो, फागुन १३ गते । इरानले जापानी सार्वजनिक प्रसारण संस्था एनएचके का तेहरान ब्युरो प्रमुखलाई पक्राउ गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्टअनुसार पक्राउ परेका व्यक्ति शिन्नोसुके कावाशिमा हुन् र उनलाई कुख्यात एभिन जेल मा सारिएको जनाइएको छ ।

Shikhar
NIMB

एनएचकेका प्रवक्तालाई उद्धृत गर्दै एएफपीले जनाएको छ कि संस्थाले सधैँ कर्मचारीको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्ने भएकाले यस समयमा थप टिप्पणी गर्न नसकिने जनाएको छ ।

जापान सरकारका प्रवक्ता मसानाओ ओजाकी ले जनवरी २० मा एक जापानी नागरिकलाई हिरासतमा लिइएको पुष्टि गर्दै थप विवरण दिन अस्वीकार गर्नुभएको छ ।

तेहरानमा एक जापानी नागरिक हिरासतमा लिइएको विषय जापानी सरकारले पनि पुष्टि गरेको छ । नजरबन्दको विषय सार्वजनिक भएपछि सरकारले इरानी पक्षसँग सम्बन्धित व्यक्तिलाई चाँडो रिहा गर्न आग्रह गर्दै आएको ओजाकीले बताउनुभयो ।

उहाँका अनुसार सरकारले पीडितको परिवार तथा सम्बन्धित पक्षसँग सम्पर्कमा रही आवश्यक सहयोग प्रदान गरिरहेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया