बागलुङ–२ मा प्रलोपा उम्मेदवार पदमबहादुर कुँवरले फिर्ता लिए उम्मेदवारी
- BFIS News
- 2026 Feb 25 17:48
बागलुङ, फागुन १३ गते । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट बागलुङ क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका पदमबहादुर कुँवर ले उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको छ ।
उहाँले बुधबार टेकराज पौडेल को घोषणा पत्र सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आफ्नो उम्मेदवारी फिर्ता लिएको बताउनुभयो । उहाँले प्रत्यक्षतर्फ पौडेल र समानुपातिकतर्फ रेनुका काउचा लाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
कुँवरले निर्वाचन सामान्य विषय नभएको भन्दै मत विभाजन हुँदा राम्रो उम्मेदवार पराजित हुन सक्ने अवस्था आउन सक्ने भएकाले पौडेललाई समर्थन गर्ने निर्णय गरेको बताउनुभयो ।
उहाँले आफू जनयुद्धमा सहभागी भएको स्मरण गर्दै राजनीतिक नेतृत्व व्यक्तिगत स्वार्थमा केन्द्रित हुँदा आन्दोलनले अपेक्षित उपलब्धि दिन नसकेको टिप्पणी गर्नुभयो । साथै, राजनीतिक फोहोरी खेलका कारण कम्युनिस्ट आन्दोलन कमजोर रूपमा प्रस्तुत भएको आरोपसमेत लगाउनुभयो ।
उहाँले लामो राजनीतिक इतिहास रहेको नेपाली कांग्रेस जनताले चाहेको परिवर्तनको पक्षमा रहेको भन्दै आफूले कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको स्पष्ट पार्नुभयो ।
“म धेरै खुशी छैन । जनतामाझ उम्मेदवार बनेर देशको सेवा गर्ने इच्छा थियो, तर परिस्थिति बनेन,” कुँवरले भन्नुभयो । उहाँले देशको हितका लागि कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको पनि बताउनुभयो ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)










.jpg)






प्रतिक्रिया