नेपाल धितोपत्र बोर्डबाट सोपान फर्मास्युटिकल्स र याम्बलिङ हाइड्रोपावरलाई आईपीओ अनुमति
- BFIS News
- 2026 Mar 02 10:20
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सोपान फर्मास्युटिकल्स र याम्बलिङ हाइड्रोपावरलाई प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति दिएको छ। बोर्डले आज दुबै कम्पनीलाई आईपीओ निष्कासनका लागि स्वीकृति प्रदान गरेको हो।
अनुमतिअनुसार सोपान फर्मास्युटिकल्सले ४२ करोड ९० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४२ लाख ९० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।
त्यसैगरी, याम्बलिङ हाइड्रोपावरले २८ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २८ लाख कित्ता शेयर निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
बोर्डको स्वीकृतिसँगै दुवै कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी छिट्टै सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्ने तयारी गरेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)

















प्रतिक्रिया