हेटौँडामा यातायात अधिकृतसहित दुई जना घुससहित पक्राउ
- BFIS News
- 2026 Feb 25 17:38
काठमाडौँ, फागुन १३ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कार्यालय, हेटौँडामा कार्यरत अधिकृत छैटौँ अमृत भेटुवाल घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग का प्रवक्ता सुरेश न्यौपानेका अनुसार सवारी सरुवा सहमति गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको सूचना तथा उजुरीका आधारमा भेटुवाललाई नियन्त्रणमा लिइएको हो ।
आयोगको कार्यालय हेटौँडाबाट खटिएको टोलीले बिचौलिया लेखापढी व्यवसायी खगेन्द्र पौडेलले सेवाग्राहीबाट ११ हजार पाँच सय रुपैयाँ घुस लिइसकेको अवस्थामा जिल्ला मकवानपुर, हेटौँडा उपमहानगरपालिका–११ स्थित यातायात व्यवस्था कार्यालयबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
घटनास्थलबाट तीन थान मोबाइल सेटसमेत बरामद गरिएको र दुवै जनामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)
















प्रतिक्रिया