Nepal Life

ज्योति विकास बैंकका सिइओ कपिल ढकालको वार्षिक तलब सुविधा ९७ लाख रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2026 Mar 02 17:57
ज्योति विकास बैंकका सिइओ कपिल ढकालको वार्षिक तलब सुविधा ९७ लाख रुपैयाँ
National Life

काठमाडौं। ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले वार्षिक तलब सुविधा बापत ९७ लाख रुपैयाँ बुझेका छन्। उनले तलब बापत ६३ लाख रुपैयाँ प्राप्त गरेका छन् भने भत्ता २१ लाख रुपैयाँ प्रदान गरेको छ।

 

Shikhar
NIMB

यस बाहेक दशै भत्ता ७ लाख, सञ्चयकोष योगदान ६ लाख ३० हजार, बोनस ६ लाख १० हजार रुपैयाँ प्राप्त गरेका छन्। त्यस्तै बैंकले बीमा प्रिमियम बापत ३२ हजार ८८८ रुपैयाँ भुक्तानी गरिदिएको छ। सिइओ ढकालले यस बाहेक टेलिफोन मोबाइल, इन्धन, गाडी सुविधा, अन्य बीमाको सुविधा प्राप्त गर्छन्।

उच्च व्यवस्थापन तहका अन्य कर्मचारीहरुले भने एक करोड ५९ लाख, भत्ता ८२ लाख ८८ हजार, दशै भत्ता २१ लाख २३ हजार, सञ्चयकोष योगदान बापत १५ लाख ९४ हजार रुपैयाँ बुझेका छन्। सञ्चालक समितिका पदाधिकारीहरुले बैठक भत्ता बापत २७ लाख ७८ हजार रुपैयाँ बुझेका छन्। पत्रपत्रिका मोबाइल इन्टरनेट बापत ३ लाख ६४ हजार ५०० रुपैयाँ प्राप्त गरेका छन्।

प्रमुख कार्यकारी अधिकृत ढकाल २०८० मंसिरमा नियुक्त भएका थिए। बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्ष भन्दा लामो समय अनुभव हासिल गरेका ढकाल चार्टर्ड एकाउन्टेन्ट समेत हुन्। उनिसँग डिलोइट इन्डिया, आइसिआइसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआइसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव रहेको छ।

पछिल्लो समय बैंकको वित्तीय सूचकमा ह्रास आइरहेको छ। गत आर्थिक वर्षमा बैंकको व्याज आम्दानी २६.३५ प्रतिशतले घटेको छ। मुनाफा १२.२२ प्रतिशतले घटेर १० करोड रुपैयाँ रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया