Nepal Life

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो, कारोबार छ अर्ब २३ करोड रुपैयाँभन्दा बढी

NMB Bank
  • BFIS News
  • 2026 Mar 03 18:57
नेप्से परिसूचक ३८ अङ्कले बढ्यो, कारोबार छ अर्ब २३ करोड रुपैयाँभन्दा बढी
National Life

काठमाडौँ, फागुन १९ गते । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२ अङ्कले बढेर दुई हजार ७१२ दशमलव ४९ को विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक एक दशमलव ४४ प्रतिशतले बढेको हो ।

 

Shikhar
NIMB

आज ३२९ कम्पनीको एक करोड ५१ लाख ८४ हजार ६०७ कित्ता शेयर ६१ हजार ३२९ पटक खरिदबिक्री हुँदा छ अर्ब २३ करोड ४३ लाख ८१ हजार ४८० रुपैयाँ बराबरको कारोबार भएको छ ।

व्यापार समूह शून्य दशमलव ८४ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेका छन् । बैंकिङ एक दशमलव ६४, विकास बैंक एक दशमलव ५९, वित्त एक दशमलव ४३, होटल तथा पर्यटन एक दशमलव ६०, जलविद्युत् दुई दशमलव १३ र लगानी समूह शून्य दशमलव ५२ प्रतिशतले बढेका छन् ।

त्यस्तै उत्पादन तथा प्रशोधन एक दशमलव ४९, लघुवित्त एक दशमलव ६६, म्युचुअल फन्ड शून्य दशमलव ८२, निर्जीवन बिमा एक दशमलव ११ र अन्य समूह एक दशमलव ०३ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

सलपा विकास बैंक लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा शुभम् पावर लिमिटेडको शेयर मूल्य दुई दशमलव ३२ प्रतिशतले घटेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आँखु खोला जलविद्युत् कम्पनी लिमिटेडको ३४ करोड ६५ लाख ३० हजार ३७९ रुपैयाँ बराबरको नौ लाख ३६ हजार ३४७ कित्ता किनबेच भएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया