Nepal Life

प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा, आयोग मतदान शान्तिपूर्ण हुनेमा विश्वस्त

NMB Bank
  • BFIS News
  • 2026 Mar 03 19:35
प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा, आयोग मतदान शान्तिपूर्ण हुनेमा विश्वस्त
National Life

काठमाडौँ , फागुन १९ गते । निर्वाचन आयोग, नेपाल ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार केन्द्रीय तहमा गर्नुपर्ने सबै काम सम्पन्न भइसकेका छन् ।

 

Shikhar
NIMB

आयोगको टोली माघ २ गतेदेखि नै सबै निर्वाचन क्षेत्रमा पुगेर मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । पछिल्लो विवरणअनुसार आयोगका कर्मचारी तथा सुरक्षाकर्मी देशभरका २३ हजार ११२ वटै मतदान केन्द्रमा पुगिसकेका छन् । मतदान केन्द्रमा खटिएका मतदान अधिकृतहरूले सूचना टाँस गर्ने तथा आवश्यक प्रशासनिक काम गरिरहेका छन् ।

स्थानीय तहमा राजनीतिक दल र उम्मेदवारसँग सर्वदलीय बैठक गरी मतदानबारे साझा समझदारी बनाउने काम भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । केन्द्रीय तयारी पूरा गरी आयोग अहिले सबै मतदान केन्द्रसम्म पुगेको र मतदान केन्द्रको प्रशासनिक तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

भोलिसम्म मतदान केन्द्रको बुथ निर्माण सम्पन्न गरिसकेपछि पर्सि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । मतदानका क्रममा जिल्ला, निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा आउन सक्ने समस्या तत्काल समाधान गर्न आयोगले समन्वय गरिरहेको छ । सम्पूर्ण जनशक्ति र सामग्री मतदान केन्द्रमा पुगिसकेकाले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया