Nepal Life

मकवानपुरका दुवै निर्वाचन क्षेत्रको मतगणना भुटनदेवी माविमा हुने

NMB Bank
  • BFIS News
  • 2026 Mar 04 16:45
मकवानपुरका दुवै निर्वाचन क्षेत्रको मतगणना भुटनदेवी माविमा हुने
National Life

हेटौँडा  फागुन २० गते । फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय मा गरिने भएको छ । मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणना सोही विद्यालयमा गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिनुभयो ।

Shikhar
NIMB

मकवानपुर जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को मतगणना विद्यालयको ‘ए’ ब्लक भवनमा र क्षेत्र नं. २ को मतगणना ‘बी’ ब्लक भवनमा गरिने उहाँले बताउनुभयो । मतगणनाका लागि चार वटा कोठा तयार पारिएको छ । दुवै निर्वाचन क्षेत्रका लागि दुई–दुई वटा कोठा छुट्याइएको हो । सबै मतदान केन्द्रबाट मतपेटिका प्राप्त भएपछि मतगणनाको मिति र समय सार्वजनिक गरिने जनाइएको छ ।

मतगणना स्थललाई तारजालीले सुरक्षित गरी सिसी टिभी जडान गरिएको छ । दलका प्रतिनिधिलाई तारजाली बाहिर बस्ने व्यवस्था मिलाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिनुभयो । मतगणना स्थलमा मोबाइल फोन प्रतिबन्ध गरिएको छ । मतगणनाको समयमा हुन सक्ने अराजक गतिविधि नियन्त्रणका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

सञ्चारकर्मीका लागि भुटनदेवी विद्यालय परिसरमै सञ्चार कक्षको व्यवस्था गरिएको छ । भुटनदेवी माविको भवनमा मतगणना हुन लागेको यो पहिलो पटक हो । यसअघि मकवानपुर बहुमुखी क्याम्पस र सिद्धार्थ माध्यमिक विद्यालय मा मतगणना हुँदै आएको थियो ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा एक लाख ५३ हजार ३७६ महिला र एक लाख ६१ हजार ९५३ पुरुष गरी कुल तीन लाख १५ हजार ३३४ मतदाता रहेका छन् । जिल्लाभर १६७ मतदान स्थल तथा ३७४ मतदान केन्द्र निर्धारण गरिएको छ । यहाँ दल तथा स्वतन्त्र उम्मेदवारसहित ४४ जनाको उम्मेदवारी कायम रहेको जनाइएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया