निर्वाचनको दिन आन्तरिक उडान आवश्यकताअनुसार सञ्चालन हुने
- BFIS News
- 2026 Mar 04 09:43
काठमाडौँ फागुन २० गते । नेपाल नागरिक उड्डयन प्राधिकरण ले प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ ।
प्राधिकरणका अनुसार देशभरका सबै प्रकारका आन्तरिक उडान आवश्यकताअनुसार सञ्चालन हुनेछन् । अन्तर्राष्ट्रिय उडान भने मध्यपूर्वी गन्तव्यबाहेक अन्य स्थानमा नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारिएको छ ।
मध्यपूर्वी गन्तव्यतर्फका उडान सम्बन्धित देशको निर्णय तथा गन्तव्य विमानस्थलको अवस्थाअनुसार वायुसेवा कम्पनीले संशोधित उडान तालिकाबमोजिम सञ्चालन गर्ने प्राधिकरणले जनाएको छ । मध्यपूर्व क्षेत्रमा विकसित परिस्थितिका कारण ती क्षेत्रका केही उडान तत्कालका लागि स्थगित हुँदै आएका छन्
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)

















प्रतिक्रिया