Nepal Life

नुवाकोटमा शान्तिपूर्ण मतदान सम्पन्न

NMB Bank
  • आयुस बस्नेत
  • 2026 Mar 05 20:22
नुवाकोटमा शान्तिपूर्ण मतदान सम्पन्न
National Life

फागुन, २१  Nuwakot District । प्रतिनिधिसभा निर्वाचनका लागि आज नुवाकोटमा उत्साहजनक रूपमा मतदान भइरहेको छ । दिउँसो दुई बजेसम्म करिब ४० प्रतिशत मत खसिसकेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।

 

Shikhar
NIMB

हालसम्म मतदान शान्तिपूर्ण रूपमा भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख Bipin Regmi ले जानकारी दिए ।

दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा मतदातासँगै उम्मेदवारहरूले पनि मतदान गरेका छन् । क्षेत्र नं. १ का उम्मेदवार Hit Bahadur Tamang ले पञ्चकन्या मतदान केन्द्रबाट मतदान गरेका छन् भने क्षेत्र नं. २ का उम्मेदवार Hira Nath Khatiwada ले विदुर नगरपालिकास्थित चण्डेश्वरी मतदान केन्द्रमा मतदान गरेका छन् ।

यसैगरी Prakash Sharan Mahat, Jagadishwor Narasingh KC, Badri Mainali र Keshav Raj Pandey ले पनि मतदान गरेका छन् ।

त्यसैगरी Bikram Timsina क्षेत्र नं. १ बाट र Achyutam Lamichhane क्षेत्र नं. २ बाट मतदानमा सहभागी भएका छन् ।

जिल्ला निर्वाचन अधिकारी Hom Bahadur Thapamagar का अनुसार मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । विगतका निर्वाचनको तुलनामा यसपटक धेरै मत खस्ने अनुमान गरिएको छ ।

नुवाकोटमा कुल २ लाख ४७ हजार ८६८ मतदाता छन् । उनीहरूले जिल्लाका १३२ मतदान स्थलका २९३ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

क्षेत्र नं. १ मा १ लाख २३ हजार ९२९ मतदाताका लागि ६८ मतदान स्थलका १४४ केन्द्र र क्षेत्र नं. २ मा १ लाख २३ हजार ९३९ मतदाताका लागि ६४ मतदान स्थलका १३९ केन्द्र तोकिएको छ ।

अहिलेसम्म कुनै अप्रिय घटना नघटेको र सुरक्षा व्यवस्था मजबुत बनाइएकाले मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको सम्बन्धित अधिकारीहरूले बताएका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया