Nepal Life

ललितपुर–२ मा रास्वपाका जगदीश खरेल भारी मतसहित विजयी

NMB Bank
  • BFIS News
  • 2026 Mar 08 11:46
ललितपुर–२ मा रास्वपाका जगदीश खरेल भारी मतसहित विजयी
National Life

पाटन (ललितपुर), फागुन २४ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल भारी मतसहित विजयी हुनुभएको छ।

 

Shikhar
NIMB

निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीका अनुसार खरेलले ३९ हजार ९४१ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७ हजार ४२० मत प्राप्त गर्नुभएको छ।

त्यसैगरी उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकारले ५ हजार ५४७ मत र नेकपा (एमाले)का प्रेमबहादुर महर्जनले ४ हजार ५३६ मत प्राप्त गर्नुभएको छ।

कुल ८९ हजार ८२ मतदाता रहेको ललितपुर–२ मा ३१ हजार ३५ महिला र ३० हजार ९४० पुरुष गरी ६१ हजार ९७५ मत खसेको थियो। यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २३ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया