मुक्तिनाथ आर्ट प्रतियोगिता "युवा पुस्तासँग बैंकलाई जोड्ने सिर्जनात्मक पहल"
- BFIS News
- 2026 Mar 12 14:34
काठमाडौं। मुक्तिनाथ विकास बैंक २०औं वर्षमा प्रवेश गर्दै गर्दा बैंकिङ सेवा मात्र होइन, भावी पुस्तासँगको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले विभिन्न विशेष कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यही सन्दर्भमा बैंकले ‘मुक्तिनाथ आर्ट कम्पिटिसन’ सञ्चालन गर्दै आइरहेको छ।
‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ’ भन्ने नाराका साथ सन् २००७ मा स्थापित मुक्तिनाथ विकास बैंक आज नेपालका अग्रणी विकास बैंकमध्ये एकको रूपमा स्थापित छ। बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा युवापुस्ताको सोच, दृष्टिकोण र सिर्जनात्मक क्षमतालाई बुझ्ने तथा प्रोत्साहन गर्ने उद्देश्यले यो चित्रकला प्रतियोगिताको आयोजना गर्दै आएको हो।

बैंकले विगतका दुई वर्षमा फरक फरक थिममा चित्रकला प्रतियोगिता सम्पन्न गरिसकेको छ। पहिलो वर्षको मुक्तिनाथ आर्ट फर अर्थ कम्पिटिसनको मुख्य थिम ‘कम्ब्याटिङ क्लाइमेट चेन्ज एन्ड ग्लोबल वार्मिङ’ रहेको थियो। भने यस वर्षको थिम "My Nepal by 2050" (२०५० सम्मको मेरो नेपाल)’ भन्ने थियो । कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूका लागि आयोजना गरिएको यो प्रतियोगितामा नेपालभरका विद्यार्थीहरुको उत्साहजनक सहभागिता थियो।
नेपालभरका कुनै पनि विद्यालयमा अध्ययनरत कक्षा ८–१० का विद्यार्थीहरूले यस प्रतियोगितामा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको थियो। प्रतियोगिताको घोषणा बैंकले अग्रिम रूपमा गरेको थियो र सहभागीहरूले अनलाइन माध्यमबाट दर्ता गर्नुपर्ने व्यवस्था थियो।

यस वर्ष प्रतियोगिता बैंकका १४८ वटा शाखामार्फत सञ्चालन गरियो, जहाँ विद्यार्थीहरूले शाखामै आएर चित्रको सिर्जना गरेर बुझाएका थिए। यसले प्रतियोगितालाई अझ समावेशी र पहुँचयोग्य बनायो। बैंकका ११ वटा क्षेत्र (Regions) बाट सहभागी हुन पाउने व्यवस्था गरिएको थियो। यसै आधारमा प्रत्येक क्षेत्रबाट एक एक जना क्षेत्रीय विजेताका रुपमा चयन गरिएको थियो। बैंकले यसरी ११ वटै र यहि क्षेत्रीय विजेताहरु मध्ये १ जना ग्रान्ड विजेताको घोषणा गरेको थियो । दश क्षेत्रीय विजेता रु. १०,००० नगद पुरस्कार र ग्रान्ड विनरले रु. ५०,००० नगद पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगितामा विद्यार्थीहरुको उल्लेखनीय सहभागिताले बैंकलाई हौसला थपेको छ। अघिल्लो वर्ष करिब ४७६ सहभागी भएकोमा यस वर्ष बढेर ८५५ जना विद्यार्थी भाइबहिनीहरुले नाम दर्ता गरेका थिए भने प्रतियोगितामा करिब ७९१ विधार्थीहरुको सक्रिय सहभागिता रहेको हो।

यो प्रतियोगिता केवल कलाको प्रतिस्पर्धा मात्र थिएन, नवयुवाले भविष्यको नेपाललाई कसरी हेर्छन् भन्ने कुराको मूल्याङ्कन गर्ने एउटा माध्यम थियो। सहभागी भाइबहिनीहरुले तयार पारेका रचनामा जलवायु परिवर्तन, वातावरणीय चेतना प्रस्तुत थियो। चित्रकलामा सन् २०५० सम्मको नेपालप्रति विद्यार्थीहरुले आफ्नो दृष्टिकोणलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्।
मुक्तिनाथ विकास बैंकका लागि यो पहलले कमिङ जेनेरेसनसँग भावनात्मक सम्बन्ध जोड्ने, बैंकप्रति सकारात्मक धारणा सिर्जना गर्ने र सिर्जनात्मकतालाई प्रोत्साहन गर्ने नयाँ मार्ग खोलेको छ। भोलिका बैंकका ग्राहक आजका विद्यार्थी हुन् भन्ने सोचका साथ, बैंकले बचत खाताभन्दा बाहिर पनि समाजसँग जोडिने फरक आयामहरू खोजिरहेको छ।
“मुक्तिनाथ आर्ट प्रतियोगिता“ कला, चेतना र भविष्यलाई जोड्ने मुक्तिनाथ विकास बैंकको प्रतिबद्धता।"
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)















प्रतिक्रिया