Nepal Life

पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आईपीओ बाँडफाँट, ४ लाख ५० हजार आवेदकले पाए १० कित्ता

NMB Bank
  • BFIS News
  • 2026 Mar 13 10:41
पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आईपीओ बाँडफाँट, ४ लाख ५० हजार आवेदकले पाए १० कित्ता
National Life

काठमाडौँ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) शुक्रबार बाँडफाँट गरिएको छ।

Shikhar
NIMB

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा फागुन २९ गते आईपीओ बाँडफाँट प्रक्रिया सम्पन्न भएको हो।

कम्पनीले फागुन १२ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता साधारण शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो। उक्त निष्काशनमा २४ लाख १३ हजार ५१७ जना लगानीकर्ताले २ करोड ६३ लाख १० हजार ९७० कित्ता शेयरका लागि आवेदन दिएका थिए।

निष्काशित शेयरभन्दा धेरै माग परेकाले आवेदनहरूको छनोट गोलाप्रथा विधिबाट गरिएको थियो। प्राप्त आवेदनमध्ये २३ लाख ७६ हजार ७०५ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन अस्वीकृत गरिएको छ।

बाँडफाँटको नतिजाअनुसार कुल ४ लाख ५० हजार आवेदकले न्यूनतम १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया