Nepal Life

सोपान फर्मास्यूटिकल्सले चैत ९ देखि आईपीओ निष्काशन गर्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टै कोटा

NMB Bank
  • BFIS News
  • 2026 Mar 13 10:46
सोपान फर्मास्यूटिकल्सले चैत ९ देखि आईपीओ निष्काशन गर्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टै कोटा
National Life

काठमाडौँ ।  सोपान फर्मास्यूटिकल्स लिमिटेडले आगामी चैत ९ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ।

Shikhar
NIMB

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्काशन गर्ने तयारी गरेको जनाएको छ।

नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतिअनुसार कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँ मूल्यका ४२ लाख ९० हजार कित्ता साधारण शेयर निष्काशन गर्नेछ। उक्तमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता शेयर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।

आईपीओअन्तर्गत ५ प्रतिशत अर्थात् २ लाख १४ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि तथा ४ प्रतिशत अर्थात् १ लाख ७१ हजार ६०० कित्ता कम्पनीका कर्मचारीका लागि आरक्षित गरिएको छ। बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक रूपमा बिक्री गरिनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा माग पूरा नभएमा आवेदन दिने समय चैत २३ गतेसम्म थपिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी सि–आस्बा माध्यमबाट आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीका अनुसार साधारण लगानी फिर्ता हुने अवधि ८.११ वर्ष र डिस्काउण्ट लगानी फिर्ता हुने अवधि ११.३५ वर्ष रहेको छ। कम्पनीको खुद वर्तमान मूल्य १५ अर्ब ९७ करोड ५९ लाख ३९ हजार २५७ रुपैयाँ रहेको छ भने आन्तरिक प्रतिफल दर २३.६३ प्रतिशत रहेको बताइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया