नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो
- BFIS News
- 2026 Mar 13 11:26
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवै धातुको मूल्यमा गिरावट देखिएको छ। अघिल्लो दिनको तुलनामा सुन र चाँदीको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घट्दै ३ लाख १४ हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदी प्रतितोला २० रुपैयाँले घटेर ५ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँमा किनबेच भएको थियो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)















प्रतिक्रिया