Nepal Life

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोलमा १५ र डिजेल/मट्टीतेलमा १० रुपैयाँ बढ्यो

NMB Bank
  • BFIS News
  • 2026 Mar 16 11:20
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोलमा १५ र डिजेल/मट्टीतेलमा १० रुपैयाँ बढ्यो
National Life

काठमाडौं, सोमबार — नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँ बढाइएको छ भने डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाइएको हो।

Shikhar
NIMB

नयाँ मूल्य सोमबार बिहानदेखि लागू भएको निगमले जनाएको छ। मूल्य समायोजनपछि पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा मूल्य विभिन्न क्षेत्रअनुसार फरक–फरक निर्धारण गरिएको छ।

नयाँ दर अनुसार पेट्रोलको मूल्य पहिलो वर्गका क्षेत्रका लागि प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १७१ रुपैयाँ र तेस्रो वर्गका लागि १७२ रुपैयाँ कायम गरिएको छ।

त्यसैगरी, डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १४९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५१ रुपैयाँ र तेस्रो वर्गका लागि १५२ रुपैयाँ तोकिएको निगमले जनाएको छ।

निगमले वितरण प्रणालीलाई आधार मानेर विभिन्न डिपो क्षेत्रलाई तीन वर्गमा विभाजन गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रलाई राखिएको छ। दोस्रो वर्गमा सुर्खेत र दाङ रहेका छन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दीपायल डिपो क्षेत्रलाई समावेश गरिएको छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा देखिएको प्रतिकूल अवस्थाका कारण मूल्य बढाउनुपरेको जनाएको छ। निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस विषम परिस्थितिबीच नेपाल आयल निगम लिमिटेडले बाध्यतावश पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढाउनुपरेको छ। यसबाट आम उपभोक्तालगायत सरोकारवालामा पर्ने असरप्रति निगम सचेत र संवेदनशील छ।”

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै यसको प्रभाव सार्वजनिक यातायात, ढुवानी तथा बजार मूल्यमा समेत पर्न सक्ने अनुमान गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया