ग्लोबल मनी वीक २०२६: शेयर कारोबार गर्दा लगानीकर्ताले ध्यान दिनु पर्ने कुराहरु
- BFIS News
- 2026 Mar 16 11:50
काठमाडौँ। विश्वव्यापी वित्तीय सचेतना कार्यक्रम ग्लोबल मनी वीक २०२६ को अवसरमा सिडिएस एन्ड क्लियरिङ लिमिटेडले लगानीकर्तालाई धितोपत्र कारोबारसम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरेको छ। “स्मार्ट मनी वार्ता” शीर्षक अन्तर्गत कार्यक्रमको पहिलो दिन डिजिटल माध्यमबाट धितोपत्र होल्डिङ गर्दा विश्वसनीयता र दक्षता बढ्ने विषयमा जानकारी दिइएको हो।
सिडिएससीले लगानीकर्तालाई धितोपत्र कारोबार गर्दा पालना गर्नुपर्ने प्रक्रिया र सावधानीबारे विभिन्न बुँदागत जानकारी दिएको छ। संस्थाका अनुसार धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट T+2 प्रणाली अन्तर्गत हुने भएकाले बिक्री गरेको धितोपत्र तथा खरिद बराबरको रकम निर्धारित समयभित्र व्यवस्थापन गर्नुपर्ने हुन्छ।
धितोपत्र कारोबार सम्बन्धमा लगानीकर्ताले ध्यान दिनु पर्ने कुराहरु
१. धितोपत्र कारोबारको राफसाफ सम्बन्धमा
क. धितोपत्र कारोबारको राफसाफ तथा फछ्यौट T+2 मा हुने भएकोले राफसाफ समय भित्र बिक्री गरेको धितोपत्र तथा खरिद गरे बराबरको रकम निर्धारित समयमा जम्मा गरी सक्नु पर्दछ ।
ख. E-DIS, Close-Out तथा धितोपत्रको भारित औसत लागत सम्बन्धमा
अ. कारोबार गरेको भोलिपल्ट (T+1) भित्र E-DIS गरी आफुले बिक्री गरेको धितोपत्र सम्बन्धित ब्रोकरको पुल खातामा जम्मा गरी सक्नु पर्दछ ।
आ. Free Balance मात्र बिक्री गर्न मिल्ने हुँदा "मेरो शेयर" मा Free Balance रहेको यकिन गरी बिक्री गर्नु पर्ने र तोकिएको समय भित्र E-DIS गरी सक्नु पर्ने हुन्छ अन्यथा Close-Out बापत २० प्रतिशत जरिवाना तिर्नु पर्दछ ।
इ. पूँजीगत लाभकर गणनाका लागि आफूले बिक्री गरेको धितोपत्र हस्तान्तरण गर्नु अघि भारित औसत लागत तथा Short-Term, Long-Term Holding गणना गर्नु पर्दछ ।
२. हितग्राही खाता तथा "मेरो शेयर" प्रत्येक बर्ष नवीकरण गर्नु पर्दछ ।
३. "मेरो शेयर" को युजरनेम (Username) र पासवर्ड (Password) लगायत हितग्राही खाता संग सम्बन्धित विवरण गोप्य राखी सिडिएससिको आधिकारीक प्रणाली मात्र प्रयोग गर्नु पर्दछ ।
४. एउटै कम्पनीको धितोपत्रको सार्वजनिक निष्काशनमा एक भन्दा बढी हितग्राही खाताबाट आवेदन गर्नु हुँदैन।
५. घरायसी तथा मृत्यु नामसारी गर्दा सम्बन्धित निक्षेप सदस्य मार्फत आवश्यक कागजात रुजु गराई सोही निक्षेप सदस्य मार्फत प्रकृया अगाडि बढाउनु पर्दछ ।
६. सार्वजनिक निष्काशनमा भएका धितोपत्र सम्बन्धी पर्याप्त जानकारी लिए पश्चात लगानी गर्नु पर्दछ ।
७. धितोपत्र कारोबार गर्दा हुने जोखिम लगायत अन्य पर्याप्त जानकारी लिएर मात्र कारोबार गर्नु पर्दछ ।
८. पुरानो भौतिक शेयर प्रमाणपत्रहरु भएमा डिम्याट गरी सुरक्षित रुपमा राख्नुहोला ।
९. गुनासो, सुझाव तथा जानकारीका लागि सिडिएससिको WhatsApp, Viber, Mobile No.9709118543 तथा Facebook Page: https://www.facebook.com/CDSnClearing मा सिधै सम्पर्क गर्नुहोला ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)








.jpg)





प्रतिक्रिया