Nepal Life

होर्मुज जलडमरूमध्य बन्द भएपछि विश्व बजारमा तेलको हाहाकार, मूल्य ५० प्रतिशतसम्म वृद्धि

NMB Bank
  • BFIS News
  • 2026 Mar 16 16:13
होर्मुज जलडमरूमध्य बन्द भएपछि विश्व बजारमा तेलको हाहाकार, मूल्य ५० प्रतिशतसम्म वृद्धि
National Life

काठमाडौँ । इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज बन्द गरेपछि विश्व बजारमा तेलको हाहाकार मच्चिएको छ। उक्त जलडमरूमध्य बन्द भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ५० प्रतिशतसम्म बढेको बताइएको छ।

Shikhar
NIMB

संसारभर आपूर्ति हुने ठूलो मात्राको कच्चा तेल यही मार्गबाट आवतजावत हुने भएकाले मार्ग बन्द हुँदा विश्व ऊर्जा बजारमा ठूलो प्रभाव परेको विश्लेषकहरूले बताएका छन्। होर्मुज बन्द भएपछि विभिन्न देशहरूमा ऊर्जा आपूर्ति र मूल्यवृद्धिबारे चिन्ता बढेको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार नाटोका साझेदार राष्ट्र तथा चीनलाई उक्त जलमार्ग पुनः सञ्चालनमा ल्याउन सहयोग गर्न आग्रह गरेका छन्। उनले अन्तर्राष्ट्रिय समुद्री मार्गको सुरक्षालाई सुनिश्चित गर्न सबै पक्षले सहयोग गर्नुपर्ने बताएका छन्।

इरानले भने अमेरिका र इजरायलसँग जारी युद्धको प्रतिकारस्वरूप खाडी क्षेत्रको यो प्रमुख जलमार्ग बन्द गरेको बताइएको छ। होर्मुज जलडमरूमध्य बन्द भएसँगै विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा थप दबाब सिर्जना हुने चिन्ता व्यक्त गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया