Nepal Life

नेपाल लाइफ समृद्धि लगानी योजना नेप्सेमा सूचीकृत

NMB Bank
  • BFIS News
  • 2026 Mar 16 16:18
नेपाल लाइफ समृद्धि लगानी योजना नेप्सेमा सूचीकृत
National Life

काठमाडौँ — नेपाल लाइफ क्यापिटल लिमिटेडका प्रतिनिधि र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बीच आज “नेपाल लाइफ समृद्धि लगानी योजना (NSY)” को सूचीकृत गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

Shikhar
NIMB

सम्झौतापछि उक्त योजनाअन्तर्गत प्रतिइकाइ अंकित मूल्य १० रुपैयाँ दरका २० करोड इकाइ नेप्सेमा सूचीकृत गरिएको छ। यो योजना सर्वसाधारणका लागि माघ ४ गतेदेखि माघ ९ गते २०८२ सम्म सार्वजनिक निष्कासन गरिएको थियो।

सूचीकृत इकाइहरूको कारोबार मंगलबारदेखि सुरु हुने अपेक्षा गरिएको छ। “नेपाल लाइफ समृद्धि लगानी योजना (NSY)” एक बन्दमुखी (क्लोज्ड-एन्ड) म्युचुअल फन्ड योजना हो, जसको कारोबार नेप्सेमार्फत हुनेछ।

नेप्सेमा सूचीकृत भएपछि उक्त इकाइहरूको कारोबार ‘NSY’ संकेतअन्तर्गत हुने जनाइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया