ग्यास बचतको स्मार्ट उपाय बन्दै गोद्रेज माइक्रोवेभ ओभन
- BFIS News
- 2026 Mar 16 17:08
काठमाडौँ । पछिल्लो समय अन्तर्राष्ट्रिय ऊर्जा बजारमा देखिएको उतारचढावका कारण एलपीजी (LPG) ग्यासको मूल्य र आपूर्तिबारे विभिन्न चर्चा भइरहेका छन्। नेपालजस्तो आयातमा निर्भर देशका लागि ऊर्जा स्रोतको दक्ष प्रयोग झन् महत्वपूर्ण बन्दै गएको अवस्थामा धेरै घरपरिवारले ग्यासको प्रयोग कम गर्दै वैकल्पिक तथा स्मार्ट भान्सा उपकरणतर्फ ध्यान दिन थालेका छन्।
यही परिवेशमा Microwave Oven नेपाली शहरी भान्सामा ग्यास बचत गर्ने उपयोगी विकल्पका रूपमा लोकप्रिय हुँदै गएको छ। माइक्रोवेभ प्रविधिबाट खाना छिटो पकाउन सकिने भएकाले नास्ता, स्न्याक्स, बेकिङ तथा विभिन्न परिकार तयार गर्न ग्यासको प्रयोग घटाउन सहयोग पुग्ने प्रयोगकर्ताहरू बताउँछन्।
ललितपुरमा बस्ने र एक निजी बैंकमा कार्यरत स्मिता अधिकारी का लागि माइक्रोवेभ ओभन अहिले दैनिक भान्साको महत्वपूर्ण हिस्सा बनेको छ। व्यस्त कामकाजी जीवनशैलीका कारण बिहान–बेलुका धेरै समय भान्सामा खर्च गर्न गाह्रो हुने उनी बताउँछिन्। “अफिस जानु अघि छिटो नास्ता बनाउनु पर्छ, बेलुका घर फर्किएपछि पनि धेरै समय हुँदैन,” उनी भन्छिन्। “Microwave Oven भएपछि खाना, बेक्ड डिश, स्न्याक्स वा अन्य परिकार छिटो पकाउन सकिन्छ। यसले समय बचत गर्नुका साथै ग्यासको प्रयोग पनि धेरै घटाएको छ।”
उनका अनुसार अहिले घरमा दैनिक पकाइने धेरै परिकार माइक्रोवेभमै तयार हुने भएकाले ग्यासको प्रयोग पहिलेको तुलनामा निकै कम भएको छ। माइक्रोवेभ ओभनमा दाल, भात जस्ता दैनिक नेपाली परिकार पकाउनदेखि लिएर तरकारी, स्न्याक्स, बेकिङ तथा विभिन्न नयाँ परिकार तयार गर्न समेत सजिलै सकिने भएकाले यो उपकरण आधुनिक भान्साको उपयोगी सहायक बन्न थालेको छ।
नेपालमा Godrej Microwave Oven विभिन्न मोडेल र क्षमतामा उपलब्ध छन्। Solo, Grill र Convection जस्ता विकल्पमा उपलब्ध यी माइक्रोवेभहरू 20 लिटर, 23 लिटर र 28 लिटर क्षमतामा पाइन्छन्। Instacook Recipe Menu, Multi-Distribution Heating System, Auto Cooking Menu, Dual Grill Technology तथा Defrost Function जस्ता सुविधाले प्रयोगकर्तालाई विभिन्न परिकार सजिलै पकाउन सहयोग गर्छ। केही मोडेलहरूमा Healthy Air Fry प्रविधि समेत उपलब्ध छ, जसले कम तेल प्रयोग गरेर स्वस्थकर खाना तयार गर्न मद्दत गर्दछ।
यसरी माइक्रोवेभ ओभनले केवल खाना तताउने मात्र नभई पकाउने, बेकिङ गर्ने तथा विभिन्न परिकार तयार गर्ने सुविधा प्रदान गर्दै आधुनिक भान्सामा महत्वपूर्ण स्थान बनाइरहेको छ।
नेपालमा Godrej Microwave Oven हरू CG Electronics मार्फत उपलब्ध छन्। चौधरी ग्रुप अन्तर्गतको CG Electronics नेपालका प्रमुख होम अप्लायन्स वितरक कम्पनीहरूमध्ये एक हो, जसले अन्तर्राष्ट्रिय ब्रान्डका आधुनिक गृह उपकरण नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। Godrej ब्रान्डका रेफ्रिजरेटर, एयर कूलर, वासिङ मेसिन तथा चेस्ट फ्रीजर जस्ता उत्पादनहरू पनि नेपाली बजारमा लोकप्रिय रहँदै आएका छन्।
ग्यासको प्रयोग बचत गर्दै छिटो र सहज रूपमा खाना पकाउने समाधानका रूपमा Godrej Microwave Oven नेपाली भान्सामा क्रमशः लोकप्रिय बन्दै गएको देखिन्छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)








.jpg)





प्रतिक्रिया