Nepal Life

६ दलका ११० समानुपातिक सांसदको नाम सार्वजनिक

NMB Bank
  • BFIS News
  • 2026 Mar 16 19:32
६ दलका ११० समानुपातिक सांसदको नाम सार्वजनिक
National Life

काठमाडौं। निर्वाचन आयोग नेपालले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित भएका ११० जना सांसदहरूको नाम सार्वजनिक गरेको छ।

Shikhar
NIMB

आयोगले सोमबार ६ राजनीतिक दलहरूबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा निर्वाचित भएका सांसदहरूको सूची सार्वजनिक गरेको हो। आयोगका अनुसार निर्वाचित सांसदहरूलाई आवश्यक कागजातसहित बिहीबार दिउँसोसम्म आयोगमा उपस्थित हुन आग्रह गरिएको छ।

आयोगले जारी गरेको सूचनामा संवत् २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीमा राजनीतिक दलहरूले प्राप्त गरेको मतका आधारमा उम्मेदवारहरू चयन गरिएको उल्लेख गरिएको छ। यो चयन प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०(९) तथा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३८(१) बमोजिम गरिएको आयोगले जनाएको छ।

सम्बन्धित राजनीतिक दलहरूले पेस गरेको सूचीका आधारमा छनोट भई आएका उम्मेदवारहरूलाई आयोगको मिति २०८२ चैत २ गतेको निर्णयअनुसार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको घोषणा गरिएको हो।

आयोगका अनुसार निर्वाचित सांसदहरूलाई मिति २०८२ चैत ५ गते बिहान ११:३० बजे आयोग परिसरबाट प्रमाणपत्र वितरण गरिने कार्यक्रम तय गरिएको छ।

यसका लागि सबै ६ राजनीतिक दलबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र र दुई प्रति पासपोर्ट साइजको फोटो मिति २०८२ चैत ३ गते कार्यालय समयभित्र आयोगको सचिवालयमा रहेको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा उपलब्ध गराउन आयोगले अनुरोध गरेको छ। 

समानुपातिक सूची हेर्न तलको पिडिएफमा क्लिक गर्नुहोस्। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया