Nepal Life

फोनपेको नयाँ 'सुपरयात्रा' अभियान, म्याकबुक एयर जित्ने मौका  

NMB Bank
  • BFIS News
  • 2023 Oct 08 18:28
फोनपेको नयाँ 'सुपरयात्रा' अभियान, म्याकबुक एयर जित्ने मौका  
United Ajod

काठमाडौँ । नेपालको अग्रणी भुक्तानी प्रणाली संचालक, फोनपे ले “फोनपे सुपरयात्रा” नामक नयाँ अभियान संचालन गरेको छ । उक्त अभियानको उद्देश्य, मोबाइल बैंकिङ एप मार्फत एयरलाइन टिकेट खरिद गर्दा ग्राहकहरु बीच डिजिटल भुक्तानीको सहजतालाई झल्काउनु रहेको छ ।

Shikhar
Nepal Life
NIMB

सुपरयात्रा अभियान असोज १७ देखि कार्तिक ११ सम्म लागू हुनेछ। यस अभियान अन्तर्गत एक भाग्यशाली ग्राहकले उपहार स्वरुप म्याकबुक एयर प्राप्त गर्ने छन् । अतिरिक्त लाभको रूपमा, नयाँ ग्राहकहरूले प्रोमो कोड SUPERYATRA200 प्रयोग गरी आफ्नो पहिलो एयरलाइन टिकट खरिद गर्दा रु २०० क्यास ब्याक को मजा लिन सक्ने छन्। यस अभियानमा सहभागि हुन ग्राहकहरुले तोकिएको अभियान अवधिमा मोबाइल बैंकिङ एप मार्फत कम्तीमा एउटा एयरलाइन टिकट खरिद गर्नुपर्नेछ। 

यस अभियानले मोबाइल बैंकिङ एप मार्फत एयरलाइन टिकटहरू खरिद गर्ने सहजतालाई मनाउनुको साथ साथै यस चाडपर्वको घडिमा अधिकांश ग्राहकहरुको यात्रामा थप उर्जा थप्ने लक्ष्य पनि राखेको छ।

सो अभियानको उदेश्यका बारेमा बोल्दै फोनपेका चिफ स्ट्राटेजि अफिसर सुवोद शर्माका अनुसार, “हाम्रो अभियानको प्रमुख उद्देश्य, यात्रुहरूले एयरलाइन टिकट खरिद गर्दा मोबाइल बैंकिङ एप रोज्नको लागि थप आकर्षणको सिर्जना गराउनु हो । हाम्रो लक्ष्य धेरै भन्दा धेरै ग्राहकहरुलाई विधुतीय  भुक्तानी  प्रणालीमा  प्रवेश गराउनुमा केन्द्रित रहेको छ र सुपरयात्रा जस्ता अभियान सोहि लक्ष्यलाई अगाडी बढाउने एउटा कदम हो”।

फोनपे बिल्स बारेमा

फोनपे बिल्स, फोनपे को सेवाहरूमध्ये एक हो जहाँ ग्राहकहरूले एयरलाइन्स टिकेटको साथ साथै आफ्नो बिजुली, पानी, टिभी, इन्टरनेट, सरकारी राजस्व, शिक्षा जस्ता सेवाहरुको  प्रत्यक्ष रूपमा भुक्तानी गर्न सकिन्छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया