Nepal Life

सञ्जिवनी लघुवित्त समस्याग्रस्त सूचीबाट हट्यो, नियमित कारोबारको अनुमति

NMB Bank
  • BFIS News
  • 2026 Apr 02 07:13
सञ्जिवनी लघुवित्त समस्याग्रस्त सूचीबाट हट्यो, नियमित कारोबारको अनुमति
United Ajod

काठमाडौं। नेपाल राष्ट्र बैंकले सञ्जिवनी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट हटाउँदै पुनः नियमित वित्तीय कारोबार सञ्चालन गर्न स्वीकृति दिएको जनाएको छ।

Shikhar
Nepal Life
NIMB

राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागद्वारा जारी सूचनाअनुसार, सञ्जिवनी लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक सुपर लघुवित्त वित्तीय संस्था लिमिटेड), तुलसीपुर–दाङलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख अन्तर्गतका विभिन्न अवस्थाहरू—खण्ड (क), (ख), (घ), (च) तथा (ञ)—देखिएको आधारमा मिति २०७९ भदौ २२ गते समस्याग्रस्त वित्तीय संस्थाको रूपमा घोषणा गरिएको थियो।

राष्ट्र बैंकको मिति २०८२ चैत ५ गतेको निर्णयअनुसार उक्त संस्थाको वित्तीय अवस्था सुधार भएको ठहर गर्दै समस्याग्रस्त अवस्थाबाट फुकुवा गरिएको हो। यससँगै संस्थालाई पुनः नियमित वित्तीय कारोबार सञ्चालन गर्न अनुमति प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकले जारी गरेको सूचनामा यस निर्णयबारे सरोकारवालाहरूलाई जानकारी गराउन प्रकाशन गरिएको उल्लेख गरिएको छ। ७ वटा बैंक तथा वित्तीय संस्थाको लगानीमा सञ्जीवनि लघुवित्तले सेवा सुरु गर्ने भएको हो ।

सञ्जीवनीमा प्रभु बैंक, नेपाल एसबीआई बैंक, कुमारी बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंकसहित आरएसडिसी र फस्र्ट माइक्रोफाइनान्सको लगानी रहनेछ । उल्लेखित बैंकहरुले सुपर लघुवित्तलाई ऋण दिएका थिए । सुपर लघुवित्त डुबेपछि उक्त ऋणलाई पुँजीमा कन्भर्ट गरिएपछि राष्ट्र बैंकले नयाँ नामबाट काम सुरु गर्न अनुमति दिएको हो । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया